• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गोठाटार गोलीकाण्डमा उब्जिएको प्रश्न :  राजधानीमै हत्या गरी कसरी उम्किए सुटर?

64x64
नारायण अधिकारी आइतबार, असोज ९, २०७९  १३:१०
1140x725

काठमाडौं– सर्लाहीका थापाजी भनिने लाल मोहम्मद दर्जी हत्यामा संलग्न रहेकाहरु अहिलेसम्म प्रहरीको नियन्त्रणमा आउन सकेका छैनन्। हत्या भएको एक साता बितिसक्दासमेत हत्याराहरुलाई पक्राउ गरेर कानुनी दायरमा ल्याउन नेपाल प्रहरीले सकेको छैन। 

अनौपचारिक कुराकानीमा हत्यामा संलग्नहरुको पहिचान खुलिसकेको दाबी गरेको प्रहरीले उनीहरुलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन नसक्नु र राजधानीमै गोली प्रहार गरेर सुटर बेपत्ता हुनुले सुरक्षा संयन्त्रमाथि नै प्रश्न चिन्ह खडा भएको छ।

अझ कतिसम्म भने मोहम्मदमाथि हत्या हुनुभन्दा १२ दिन पहिला नै गोली हानी हत्याको प्रयास गरिएको थियो। सुटरको गोली ‘मीस फायर’ भएपछि बालबालले बाँचेका मोहम्मदले नजिकैको जम्मुडाँडा प्रहरी चौकीकामा आफूमाथि सुरक्षा ‘थ्रेट’ भएको भन्दै सुरक्षा पाउँ भनेर निवेदन नै दिएका थिए। सुरक्षा पाउँ भनेर निवेदन दिएको दुई साता बित्न नपाउँदै मोहम्मदको लखेटी–लखेटी हत्या हुनुले उपत्यकामा प्रहरीको सुरक्षा व्यवस्थाप्रति प्रश्न चिन्ह उठेको छ।

‘आफूमाथि गोली प्रहार भएको र बालबालले बाँचेको भन्दै प्रहरीमा निवेदन नै दिएपछि त्यसलाई गम्भीर रुपमा लिएर घटना के हो? भनेर प्रहरीले अनुसन्धान सुरु गर्नुपर्ने, निगरानी गर्नुपर्ने, निवेदन दिनेको पृष्ठभूमि केलाउनु पर्ने हो,’ एक जना पूर्वडीआईजीले भने, ‘तर, सुरक्षा निकायले यसलाई गम्भीर रुपमा लिएको देखिएन। त्यसको परिणाम दुई साता नबित्दै मोहम्मदको हत्या भयो।’

सुरक्षा थ्रेट भन्दै मोहम्मदले दिएको निवेदनलाई गम्भीर रुपमा नलिएर दैनिकजसो प्रहरी कार्यालय र सिडिओ कार्यालयमा आउने निवेदन सरह लिएको यो घटना हुन पुगेको पूर्वडीआईजी हेमन्त मल्लको बुझाइ छ। ‘उजुरी दिनेले पनि आफ्नो पृष्टभूमि केलाएर नदिएको हुनसक्छ। प्रहरीलाई पनि उनको पृष्टभूमि थाहा नभएको हुनसक्छ जसकारण गम्भीर रुपमा नलिँदा योे घटना भएको देखिन्छ’, मल्लले भने।

गोठाटारमा गार्मेन्ट चलाएर बसेका मोहम्मदको हत्याका लागि लामो समयदेखि उनको रेकी गरेर हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनको हत्याका लागि जितेन खानको नाममा कोठा बुक गरेर बसेको र मोहम्मदको हत्या गरिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँदै आएका छन्। 

कोशीपारी गेष्ट हाउसमा बसेका सुटरले गेष्ट हाउसमै झोला छाडेर फरार भएका छन्। होटलको सिसी टिभी फुटेजमा मोहम्मद हत्याका सुटर, मुख्य योजनाकार भनिएका नितिन मदनसम्मको फुटेज नै प्रहरीले फेला पारेको छ। त्यसो त मोहम्मदलाई गोली हान्दै गर्दाका भिडियो नै प्राप्त हुँदासमेत अहिलेसम्म हत्यामा संलग्नहरु कानुनी दायरामा आउन सकेका छैनन्। हत्यापछि सुटरहरु कलंकी हुँदै पर्साबाट बोर्डर पार गरेको सुरक्षा निकायको दाबी छ।

सुरक्षा संयन्त्रलाई नै चुनौती

nimb
nimb
Ncell 2
Ncell 2

देशको संघीय राजधानीमै संसाझैं भएको गोली हानी हत्याले देशको सुरक्षा संयन्त्रलाई नै चुनौती दिएको छ। प्रहरीको विशेष ब्यूरोदेखि, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर, काठमाडौं उपत्यका प्रहरी कार्यालय, अन्य सादा पोशाकमा खटिने प्रहरी, सूचना संकलनका लागि खटिने, गुप्तचरी निकायसम्मको कमजोर भूमिका मोहम्मद हत्या घटनाले उजागर गरेको छ। 

अझ हत्यापश्चात सुटरहरु भागेर भारतसम्म पुगेको प्रहरी अधिकारीहरुले अनौपचारिक रुपमा बताउँदै आएका छन्। राजधानीकै सुरक्षा संयन्त्रदेखि, सुटर भारतसम्म पुग्न प्रयोग गरिएको रुटका सुरक्षा संयन्त्रकाे भूमिकालाई मोहम्मद हत्या घटनाले प्रश्च चिन्ह खडा गरेको ती पूर्वडीआईजीले बताए। ‘पहिलो कुरा सुरक्षा थ्रेट भनेर निवेदन दिँदा दिँदै संघीय राजधानीमै गोली हानी हत्या भयो। त्यसपछि हत्यारा भागेर भारतसम्म पुगेको बताउनुले सुरक्षा संयन्त्रको भूमिकामाथि स्वतः प्रश्न चिन्ह उठ्छ’, ती पूर्वडीआईजीले भने।

यता पूर्व डीआईजी मल्लको बुझाइ भने फरक छ। अन्य हत्याजस्तो मोहम्मद हत्या नभएको र यो पूरै योजनाबद्ध हत्या भएकाले अभियुक्तहरु पक्राउ पर्ने सम्भावना न्यून रहेको उनको भनाइ छ। 

‘अहिलेसम्म आएका विवरण अनुसार मोहम्मद भारत विरोधी गतिविधिमा लागेको सोही कारण मारिएको हुन् भने यो राष्ट्रिय सुरक्षाको विषय हो। प्रहरीको टाउकोमा मात्रै दोष हालेर राज्य उम्कन मिल्दैन। यो राष्ट्रिय समस्या हो, सोही अनुसार सरकारले यस्ता घटनाको समाधान खोज्नुपर्छ’, मल्लले भने।

मोहम्मद भारत विरोधी गतिविधिमा लागेको प्रहरीले दाबी गर्दै आएका छन्। भारत विरोधी गतिविधिमा लागेको भन्दै उनीहरुले हत्याजस्तो जघन्य अपराधलाई भारतको ट्याग लगाएर उम्कने गरेका छन्। भारत विरोधी गतिविधिमा लागेपछि हत्या गरिएका भनिएका यसअघिका पत्ता नलागेका घटनाहरु यसलाई दाँजेर सुरक्षा निकायका उम्कने प्रयासमा छन्।

पूर्वराज्यमन्त्री तथा सांसद मिर्जा दिलसाद बेगदेखि अब्दुल माजिद मनिहा र सौकत बेग, सञ्चार उद्यमी जमिम साह, खुर्सीद आलम, फैजान अहमदसम्मको हत्यालाई मोहम्मदको हत्यासँग जोडेर हेर्दै भारत विरोधी गतिविधि भनेर सुरक्षा निकाय उम्कने गरेका छन्। यी घटनाका मुख्य योजानकार अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। 

प्रहरीले माेहम्मद घटनालाई पनि यीनै घटनासँग जोडेर हेरेकाले मुख्य योजनाकार पक्राउ पर्ने सम्भावना कम छ। ‘यी हत्यामा पछि बनेका समितिहरुले दिएका सुझावलाई अध्ययन गरेर सरकारले पहल गरेर यस्तो किसिमको हत्याको समाधान खोज्नुपर्ने मल्लको बुझाइ छ। यी सबै हत्यापछि बनेका छानबिन समितिले हत्याका कारण र समाधानको उपायसहित सुझाव दिएका छन्। तिनलाई कार्यान्वयन नगरेसम्म यस्ता हत्याका श्रंखला दोहोरी रहन सक्छन्’, मल्लले भने।

मोहम्मदको हत्यामा हाल रसुवा कारागारमा रहेका भारतीय नागरिक उदय सेट्टीसम्मको कनेक्सन देखिएको छ। मोहम्मदको हत्याका मुख्य योजानकार भनिका नितिन र सेट्टीको भेट पटक–पटक हुनु र रसुवा कारागारबाट नितिनको मोबाइलमा पकट–पटक फोन सम्पर्क भएको देखिएको थियो।

नितिनको समूहमा रहेर मोहम्मदले काठमाडौंमा हुण्डी कारोबार गर्नु र हुण्डीका लागि पठाएको ७० लाख नेपाली र भारु ३० लाख लुटिएपछि मोहम्मदसँग नितिनको दुश्मनी सुरु भएको प्रहरी अनुन्धानबाट खुलेको छ। सोही कारण मोहम्मदको हत्या भएको हुनसक्ने प्रहरीको विश्लेषण छ।


सम्बन्धित सामग्री:

सेट्टीको कनेक्सन देखिएपछि रसुवा कारागार पुगेर सोधपुछको तयारी,  हुण्डी धन्दा चलाउनेको पहिचान खुल्यो 

गोठाटार गोलीकाण्ड: जुवा खालबाट पक्राउ परेका नितिन मदनले बनाएका थिए मोहम्मद हत्याको योजना?

गोठाटारमा मारिएका मोहम्मद: नक्कली भारुको कारोबार, काठमाडौंमा बलरामको हत्या र पाकिस्तानी एजेन्टलाई फोन

गोठाटार गोलीकाण्ड अनुसन्धान गर्न विशेष समिति गठन

गोठाटार गोली काण्ड : विवादास्पद पृष्ठभूमिका मोहम्मदको हत्या गर्ने को हुन्?

गोठाटारमा गोली प्रहारबाट घाइते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु

पल्सर मोटरसाइकलमा आएका २ जनाले चलाएका थिए गोठाटारमा गोली

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
रसुवा बाढी : घाइतेको उपचारका लागि वीर र टिचिङसहित पाँच अस्पताल तयारी अवस्थामा बुधबार, भदौ १०, २०८३
भोटेकोसी बाढीका १६ घाइते त्रिशूली अस्पतालमा, दुईको अवस्था गम्भीर बुधबार, भदौ १०, २०८३
‘भीआईपी मुभमेन्टमा ख्याल गरौँ, उद्धारमा सुरक्षाकर्मी नछुटून्’ : रवि लामिछाने बुधबार, भदौ १०, २०८३
बाढीबाट प्रभावित ऊर्जा संरचनाको तत्काल क्षति विवरण संकलन गर्न मन्त्री श्रेष्ठको निर्देशन बुधबार, भदौ १०, २०८३
विपद् व्यवस्थापनका लागि अत्याधुनिक उपकरणमा लगानी गर्न हर्क साम्पाङको सुझाव बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्