काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले भारतीय राउण्डग्लास पन्जाब फुटबलबाट आईलिग खेल्ने भएका छन्।
पन्जाब फुटबल क्लबले किरणलाई अनुबन्धन गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएको छ।
किरणले यसअघि पनि पन्जाबबाटै आईलिग खेलेका थिए। त्यतिबेला उत्कृष्ट प्रर्दशन गरेका उनले गोल्डेन ग्लोब्स प्राप्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।