काठमाडौं– युईएफए नेसन्स लिगमा पोर्चुगलले सानदार जित निकालेको छ।
नेपाली समयअनुसार शनिबार राति भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि ४–० को सानदार जित निकालेको हो।
पोर्चुगलको जितमा डियोगो डालोटले २ तथा ब्रुनो फर्नान्डेस र डियोगो जोटाले एक–एक गोल गरे। चेक रिपल्बिकको घरेलु मैदानमा उत्कृष्ट प्रर्दशन गर्दै प्रभावशाली जित निकालेको पोर्चुगल समूह ‘बी’ को शीर्ष स्थानमा उक्लेको छ।
अब समूहको अन्तिम खेलमा स्पेन र पोर्चुगल भिड्नेछन्। स्पेनलाई सेमिफाइनल प्रवेशका लागि पोर्चुगललाई हराउनै पर्ने हुन्छ। पोर्चुगल भने बराबरी खेले मात्रै पनि नेसन्स लिगको सेमिफाइनल पुग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।