गुल्मी– गुल्मीमा रगतको अभावलाई टार्नका लागि बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
जिल्लामा बिरामीहरुलाई रगतको अभावमा अधिक समस्या हुने र कतिपयको रगतको अभावमा ज्यानै समेत जाने गरेको भन्दै रगतको अभाव टार्नका लागि नेपाल स्वयम्सेवी रक्तदाता समाज गुल्मीले रक्तदान कार्यक्रम आयोजना गरेको हो।
समाजका उपाध्यक्ष केपी भण्डारीका अनुसार संकलन भएको रगत केही मात्रा तम्घासमा र रहने आवश्यक परेको रगतलाई रुपन्देही समेत पठाउने गरिएको छ।
जिल्लामै सरल र सहज रुपमा नि:शुल्क रगतको अभाव टार्नका लागि नेपाल स्वयम्सेवी रक्तदाता समाज गुल्मी सक्रिय रहँदै आएको छ।
शुक्रबार रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको भण्डारीले बताए। जम्मा भएको ५० पोका रगतलाई आवश्यक परेको जिल्लामै राखिने र अन्य रगत रुपन्देही पठाउने गरी आफूहरुले तयारी गरेको नेपाल स्वयम्सेवी रक्तदाता समाज गुल्मीले जनाएको छ।
रगतको अभावमा जिल्लामा कसैको ज्यान जान नपरोस् भन्ने आफूहरुको उद्देश्य रहेको भण्डारीको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।