काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युत् प्राधिकरणका कर्मचारीहरुको बोनस खोसेर सरकारले जनतालाई वितरण गर्ने योजना नभएको बताएकी छन्।
शुक्रबार नेपाल विद्युत् प्राधिकरणको कर्मचारी युनियनको कार्यक्रममा बोल्दै मन्त्री भुसालले कर्मचारीहरुको बोनस खोसेर सरकारले जनतालाई वितरण गर्ने योजना बनाएको भन्ने संकिर्ण सोच नराख्न आग्रह गरिन्।
उनले बोनसको विषयमा फरक रुपमा राजनीतिकरण गर्ने काम नगर्न युनियनलाई निर्देशन दिइन्। मन्त्री भुसालले प्राधिकरण घाटामा रहँदासमेत ऋण गरेर भए पनि कर्मचारीहरुलाई तलब खुवाएकाले नाफामा जाँदा तलब नदिने विषय नभएको बताइन्।
सरकारले अझै ७ लाख जनतालाई विद्युत् पुर्याउनुपर्ने अवस्था रहेको उनको भनाइ छ। उनले प्राधिकरणका स्थायी र अस्थायी सबै कर्मचारीहरुले १० प्रतिशत बोनस पाउने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।