• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
हस्तीको हार ३

२०५१ मा सभामुख ढुंगानासहित केही मन्त्री रोकिए, डा रामवरण र सुशील कोइराला पराजित

64x64
डिबी खड्का बुधबार, असोज १२, २०७९  १९:२१
1140x725

काठमाडौं– बहुदलपछि २०४८ वैशाख २९ मा चुनाव भयो। कांग्रेसको स्पष्ट बहुमत रहेको सरकार आन्तरिक विवादमा फस्यो। परिणामतः सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राजा वीरेन्द्रलाई धन्यवाद दिने प्रस्ताव असफल भयो।

त्यससँगै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरे। जसअनुसार २०५१ कात्तिक २९ गते मध्यावधि निर्वाचन भयो।

सो चुनावमा सत्ताधारी नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत २४ वटा दल सहभागी भए। जसमध्ये ५ वटा दलले मात्रै प्रतिनिधित्व सुनिश्चित गरे।

२०४८ सालको चुनावमा ६९ सिट मात्रै जितेको एमालेले ८८ सिट जितेर पहिलो दल बन्यो। सत्ताधारी कांग्रेस भने ११० बाट ८३ सिटमा खुम्चियो। राप्रपा ४ (गाई १,  हलो ३) सिटबाट २० (हलो) सिटमा पुग्यो।

२०४८ सालमा बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले हार बेहोरेका थिए। २०५१ मा सभामुख दमननाथ ढुंगाना हारे। भट्टराई मदन भण्डारीसँग पराजित भएका थिए भने ढुंगाना विद्या भण्डारीसँग पराजित भए।

बहुदलपछिको पहिलो संसद्का सभामुख बन्ने अवसर पाएका ढुंगाना काठमाडौं- २ बाट चुनाव लडेका थिए। अहिलेकी राष्ट्रपति भण्डारी पनि त्यही क्षेत्रमा चुनाव लडिन्। भण्डारी २१७६३ मत पाएर फराकिलो अन्तरले विजयी भइन्। ढुंगानाले जम्मा १३६४ मत पाए।

नेपालको पहिलो राष्ट्रपति बन्ने शौभाग्य प्राप्त भयो, डा रामवरण यादवलाई। २०४८ सालमा धनुषा- ५ बाट चुनाव जितेर आएपछि डा यादव स्वास्थ्य राज्यमन्त्री बनेका थिए। उनी २०५१ सालको मध्यावधिमा धनुषा- ५  बाटै उम्मेदवार बने। तर एमालेका रामलखन महतोसँग पराजित भए। महतोको १६ हजार ५९० मत थियो भने यादवको १५ हजार ८२६ मात्रै आयो।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रीमण्‍डलका अन्य २ जना मन्त्री पनि पराजित भए। स्याङ्जाबाट गोपालमान श्रेष्ठ र कास्की-१ बाट तारानाथ रानाभाट। पूर्वमन्त्री श्रेष्ठलाई एमालेका ध्रुव लम्सालले १४ हजार ८२० मत ल्याएर पराजित गरे। श्रेष्ठको १२ हजार २३६ मत मात्रै आयो।

Ncell 2
Ncell 2
nimb
nimb

रानाभाटलाई खगराज अधिकारीले पराजित गरे। अधिकारीको १९ हजार ९६५ मत थियो भने रानाभाटको १८ हजार ७१४ मत आयो।

पछि आएर नेपाली कांग्रेसका सभापति र प्रधानमन्त्री बने सुशील कोइराला। २०५१ सालमा भने उनी बाँके- २ बाट पराजित भए। उनलाई शान्ति समशेर राणाले ५ हजार मतले पराजित गरेका थिए। राणाको १५७११ मत आएको थियो भने कोइरालाले १०२२२ प्राप्त गरेका थिए।

२०५१ सालको निर्वाचनमा झापा- १ बाट कांग्रेस नेता कृष्ण सिटौला एमालेका पुष्पराज पोखरेलसँग १ हजार १४१ मतान्तरले पराजित भए। सिटौलाले १४ हजार ५११ ल्याउँदा पोखरेलले १५ हजार ६५२ मत ल्याए।

गणेशमानपुत्र प्रकाशमान सांसद बन्न दोस्रोपल्ट असफल भए। उनी काठमाडौं- ३ मा मनमोहन अधिकारीसँग प्रतिस्पर्धामा थिए। सिंहले ११३७८ मत पाउँदा अधिकारीले १५ हजार ६९२ मत पाएका थिए। यही कार्यकालमा अधिकारी ९ महिना १३ दिन प्रधानमन्त्री बने।

रुपन्देही- ३ मा एमालेका मोदनाथ प्रश्रितले कांग्रेसका बालकृष्ण खाँणसँग २०४८ सालको बदला लिए। खाँणले १५ हजार ३४५ मत मात्रै पाउँदा प्रश्रितले १९ हजार ६७५ मत ल्याएका थिए। यसैगरी सिराहा- २ बाट चित्रलेखा यादव पराजित भइन्। दार्चुलामा दिलेन्द्र बडू एमालेका प्रेमसिंह धामीसँग पराजित भए। भोजपुरबाट कांग्रेसका ज्ञानेन्द्र कार्कीले एमालेका हेमराज राईसँग पराजय भोग्नुपर्‍यो।

यसैगरी चित्रबहादुर केसी बाग्लुङ- २ बाट स्वतन्त्र उम्मेदवार थिए। कांग्रेसका मीनबहादुर खत्रीसँग २ सयभन्दा कम मतान्तरले हारे। केसीले १५ हजार ८९ मत ल्याएका थिए भने खत्रीले १५ हजार २८३ मत ल्याए। राजेन्द्र महतो कांग्रेसकी मीना पाण्डेसँग सर्लाही- २ मा दोस्रोपटक पराजित भए।

सिन्धुपाल्चोक- १ मा एमालेका अमृत बोहरासँग हारेका पशुपति शमशेर राणा सिन्धुपाल्चोक- ३ मा कान्छा लामालाई हराएर सांसद बने। मकवानपुर- २ मा एमालेका विरोध खतिवडालसँग पराजित कमल थापा मकवानपुर- २ एमालेका कृष्णप्रसाद दाहाललाई पराजित गरेर प्रतिनिधि सभामा आए।

२०४६ सालको जनआन्दोलनमा संयुक्त वाम मोर्चाको मानार्थ अध्यक्ष रहेका तुलसीलाल अमात्य पाँचौँ अधिवेशनपछि एमालेमा समाहित भएका थिए। एमालेले रौतहट- ३ बाट उनलाई उम्मेदवार बनाएको थियो, तर जिताउन सकेन। कांग्रेसका हरिहर यादवले १४ हजार ८९० मत ल्याउँदा अमात्यले १२ हजार ३६६ मत ल्याए।

एमालेले रुपन्देही- १ बाट उम्मेदवार बनाएका घनश्याम भूसाल कांग्रेसका दुर्योधन सिंहसँग पराजित भए। सिंहले १२ हजार ८१९ मत ल्याए भने भूसालले ११ हजार २४३ मत मात्रै पाए।


यो श्रृङ्खलाका अन्य सामग्री:

हस्तिको हार  १ : गणेशमान सिंहसँग पुष्पलाल पराजित,  चुनाव हारेका भट्टराई सभामुख

बहालवाला प्रधानमन्त्री किशुनजी पराजित, मंगला देवी र प्रकाशमान पनि असफल

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १९:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो बिहीबार, भदौ १८, २०८३
बाढी–पहिरोले रसुवा, धादिङ, मुगु र सिन्धुपाल्चोकका सडक अवरुद्ध बिहीबार, भदौ १८, २०८३
केनको दुई गोलमा बायर्नको जित बिहीबार, भदौ १८, २०८३
शव पहिचानका लागि डीएनए परीक्षण : मृतकका कुन-कुन आफन्तले दिन सक्छन् रगतको नमुना ? बिहीबार, भदौ १८, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्