• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
हस्तीको हार २

बहालवाला प्रधानमन्त्री किशुनजी पराजित, मंगला देवी र प्रकाशमान पनि असफल

64x64
डिबी खड्का मंगलबार, असोज ११, २०७९  १६:१६
1140x725

काठमाडौं– २०४८ सालको निर्वाचनमा कांग्रेसले २ सय ५ निर्वाचन क्षेत्रमध्ये १ सय १० सिट जित्यो। बहुमत ल्याएर फेरि सरकार बनाउने हैसियतमा पुगेको कांग्रेस ‘कमान्डर’ लाई मैदानमै छाडेर आएको विजयी सेना जस्तो भयो।

प्रधानमन्त्री तथा कांग्रेस कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई (किशुनजी) काठमाडौं-१ बाट पराजित भए। उनी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीसँग पराजित भएका थिए। भण्डारीले २७ हजार ३७२ मत पाउँदा भट्टराईले २६ हजार ६२१ मत मात्रै पाए।

२०१५ सालमा प्रचाराध्यक्ष अर्थात् ‘चुनावी कमान्डर’ का रुपमा भट्टराईले पराजय भोगेका थिए। त्यो समय हारेर पनि ३४ वर्षकै उमेरमा प्रथम जननिर्वाचित संसद्को सभामुख बन्ने अवसर पाए। २०४६ सालमा बहुदल आएपछि अन्तरिम सरकारको नेतृत्व गर्ने अवसर पाए। २०४७ सालको संविधान ल्याउनमा समन्वयकारी भूमिका खेले। 

राजनीतिक रुपमा उनको योगदान मूल्याङ्कनयोग्य नै थियो। त्यसैमाथि बहालवाला प्रधानमन्त्री समेत भएकाले हार्ने अनुमान गरेका थिएनन्। एमाले महासचिव भण्डारी काठमाडौं- १ का साथै काठमाडौं- ५ मा समेत उम्मेदवार थिए।

भण्डारीले काठमाडौं–५ मा कांग्रेसका उम्मेदवार हरिबोल भट्टराईलाई फराकिलो मतान्तरले पराजित गरे। जहाँ भण्डारीले २७ हजार ४७५ ल्याउँदा हरिबोल भट्टराईले १८ हजार ९२८ मत ल्याए।

सिंहका आमाछोरा नै पराजित
बहुदल प्राप्तीको आन्दोलनका ‘कमान्डर’ नेपाली कांग्रेसका सर्वोच्च नेता नेता गणेशमान सिंह २०४८ सालमा उम्मेदवार बनेनन्। तर, उनको परिवारबाट भने दुई जना उम्मेदवार कांग्रेसले पायो।

काठमाडौं- ३ मा कांग्रेस नेतृ तथा गणेशमान पत्नी मंगलादेवी सिंह उम्मेदवार बनिन्। काठमाडौं-४ मा पुत्र प्रकाशमान सिंहले टिकट पाए।

तर, उक्त निर्वाचनमा आमाछोरा नै पराजित भए। नेकपा एमालेकी उम्मेदवार सहाना प्रधानले प्रकाशमानलाई हराइन्। प्रधानले २८ हजार ६८० मत ल्याइन्। सिंहले १९ हजार ५०४ मत मात्रै प्राप्त गरे।

Ncell 2
Ncell 2
nimb
nimb

एमालेकै पद्मरत्न तुलाधरसँग मंगलादेवी पराजित भइन्। तुलाधरले २६ हजार ४८० मत पाए भने मंगलादेवीले २० हजार ११५ मत ल्याइन्। 

अहिले यी चर्चित नेता, जो त्यतिबेला पराजित भए
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई अहिले ५ वटा निर्वाचन क्षेत्रबाट चुनाव लड्नका लागि सिफारिस गरिएको छ। राष्ट्रिय राजनीतिमै प्रभावशाली उनी हार्ने सम्भावना निकै कम छ। तर, २०४८ सालमा यादवले विजेताले ल्याएको मतको एक तिहाइ मात्रै पाएका थिए।

नेकपा एमालेका तर्फबाट सुनसरी-४ मा उम्मेदवार बनेका उनले ८ हजार ६७२ मत पाउँदा नेपाली कांग्रेसका खलील मियाँले २४ हजार ३५० मत ल्याए।

हाल काठमाडौं-५ बाट निर्वाचन लड्दै आइरहेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल धनुषा- ३ बाट पराजित भए। त्यही भूगोलमा रहेर भूमिगतकालीन राजनीति गरेका उनलाई कांग्रेसका आनन्द ढुंगानाले पराजित गरे। ढुंगानाको २० हजार ८७७ मत थियो भने पोखरेलको १४ हजार ३११ मात्रै।

माओवादी केन्द्रका वर्तमान महासचिव देव गुरुङ लमजुङ- १ मा संयुक्त जनमोर्चाका तर्फबाट उम्मेदवार थिए, तर सांसद बन्न सकेनन्। उनले १० हजार ७८९ मत ल्याउँदा कांग्रेसका रामचन्द्र अधिकारी १६ हजार ६७८ मतसहित विजयी भए।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमालेका वर्तमान उपसमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङ-२ बाट सांसद बन्ने प्रयास गरेका थिए। तर, उनलाई कांग्रेसका रामबहादुर गुरुङले १९ हजार ९२२ मत ल्‍याउँदै रोके। पृथ्वीसुब्बाको १२ हजार ८६१ मत आयो।

लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतोको सांसद बन्ने चाहनामा कांग्रेसकी मीना पाण्डेले पानी खन्याइन्। सर्लाही-२ मा पाण्डेले १० हजार ६८४ मत पाउँदा नेपाल सद्‍भावना पार्टीबाट उम्मेदवार बनेका महतोले ७ हजार ८२८ मत पाए।

कांग्रेस नेता कृष्ण सिटौला झापा- १ बाट उम्मेदवार थिए। तर, उनलाई एमालेका द्रोण आचार्यले हराए। आचार्यले १३ हजार ७२१ मत पाउँदा सिटौला ९ हजार ८२७ मै रोकिए।

नेकपा एमालेका चर्चित नेता जीवराज आश्रित पनि सांसद बन्न पाएनन्। गुल्मी-२ बाट उम्मेदवार बनेका उनलाई कांग्रेसका भागवत ज्ञवालीले पराजित गरे। आश्रितले २१ हजार ०११ मत ल्याए भने ज्ञवालीले २२ हजार ३६४ मत प्राप्त गरे।

माओवादी केन्द्रका वर्तमान उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्मा रुकुम-१ बाट पराजित भए। उनलाई कांग्रेसका गोपाल शाहीले पराजित गरे। शर्माले ११ हजार १२६ र शाहीले १२ हजार ४४१ मत ल्याएका थिए।

एमालेका वर्तमान उपाध्यक्ष युवराज ज्ञवाली कांग्रेसका खुमबहादुर खड्कासँग पराजित भए। उनले दाङ-३ बाट १४ हजार ५९४ मत पाए भने खड्काले २४ हजार १०५ मतसहित जित हासिल गरे।

अहिले राप्रपा नेपालका अध्यक्ष रहेका र त्यतिबेला राप्रपाका उम्मेदवार रहेका कमल थापा पनि पराजित भएका थिए। उनी मकवानपुर- १ बाट एमाले उम्मेदवार कृष्ण दाहालसँग पराजित भएका थिए। दाहालले १४ हजार १८४ मत पाउँदा थापाले ९ हजार ८२५ मत मात्रै पाएका थिए।

यस श्रृङ्खलाका थप सामग्री :

हस्तीको हार १ : गणेशमान सिंहसँग पुष्पलाल पराजित, चुनाव हारेका भट्टराई सभामुख

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १६:१६
  • #चुनाव_२०७९
  • #हस्तिको हार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
रविले बोलाए सचिवालय बैठक बिहीबार, भदौ १८, २०८३
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो बिहीबार, भदौ १८, २०८३
बाढी–पहिरोले रसुवा, धादिङ, मुगु र सिन्धुपाल्चोकका सडक अवरुद्ध बिहीबार, भदौ १८, २०८३
केनको दुई गोलमा बायर्नको जित बिहीबार, भदौ १८, २०८३
शव पहिचानका लागि डीएनए परीक्षण : मृतकका कुन-कुन आफन्तले दिन सक्छन् रगतको नमुना ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्