• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

हस्तिको हार  १ : गणेशमान सिंहसँग पुष्पलाल पराजित,  चुनाव हारेका भट्टराई सभामुख

64x64
डिबी खड्का बिहीबार, भदौ २३, २०७९  १९:२५
1140x725

काठमाडौं- पार्टीका उच्च पदस्थ (हाइप्रोफाइल) नेताहरूलाई लिएर अहिले ‘नो नट अगेन’ अभियान चलिरहेको छ। उनीहरूको परीक्षा भइसकेको बताउँदै ‘हराउने’ अभियान चलिरहेको हो।

हरेक निर्वाचनमा सकेसम्म ठूला नेता सुरक्षित हुन खोज्छन्। पार्टीले पनि सकेसम्म उनीहरूलाई जिताउन कोशिस गर्छ। तर, परिस्थितिको पासा यसरी पल्टिन्छ कि उनीहरूले पनि हार्नुपर्छ। चाहे २०१५ सालमा कम्युनिस्ट नेता पुष्पलाल श्रेष्‍ठको पराजय होस्। चाहे बहालवाला प्रधानमन्त्री भएकै बेला २०४८ सालमा कृष्णप्रसाद भट्टराई हार होस्।

२०६४ सालमा पहिलो पार्टी बन्ने अपेक्षासहित मैदानमा ओर्लेको नेकपा एमाले पार्टी मात्रै तेस्रो स्थानमा पुगेन, पार्टीका प्रमुख नेता अर्थात् महासचिव माधवकुमार नेपालले दुई क्षेत्रबाट पराजय भोग्नुपर्‍यो। २०७० सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं १० बाट पराजय बेहोरे।

नेपालमा लाइभमा हाइप्रोफाइलहरूको हारको विषय केलाउने क्रमको सुरुवात २०१५ सालको निर्वाचनबाट गरिएको छ। जुन निर्वाचनमा कम्युनिस्ट पार्टीका ठूला नेता पुष्पलाल श्रेष्ठ मात्रै होइन, कांग्रेस महामन्त्री सूर्यराज उपाध्याय, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद भट्टराई र महेन्द्रविक्रम शाह पराजित भएका थिए। साथै, त्योबेला चुनावमा भाग लिएका ९ दलमध्ये ८ वटा दलका प्रमुखले नै हारेका थिए।

पुष्पलालको हार
काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट गणेशमान सिंह उम्मेदवार थिए। यही निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टीबाट पुष्पलाल श्रेष्ठ उम्मेदवार बने। दुवै प्रजातन्त्र ल्याउन योगदान गरेका नेता थिए भने आ-आफ्नो पार्टीमा पनि उनीहरूको ठूलो प्रभाव थियो। दुवैमा जित्ने अपेक्षा पनि स्वभाविक हुने भयो। तर, सिंहसँग श्रेष्ठले पराजय बेहोर्नुपर्‍यो।

‘नेपाली कांग्रेसको इतिहासको प्रारुप- २’ मा पुरुषोत्तम बस्नेतले उल्लेख गरेअनुसार सिंहले १० हजार ९८६ मत ल्याएका थिए। श्रेष्ठले भने उनी भन्दा तीन हजार कम अर्थात् ७ हजार ८ सय ४८ मत मात्रै प्राप्त गरे। 

महामन्त्री उपाध्यायको हार,  हारेका भट्टराई सभामुख
यो निर्वाचनमा १०९ वटा निर्वाचन क्षेत्र थिए। जसमध्ये ७४ स्थानमा कांग्रेसले विजय हासिल गर्‍यो। कांग्रेसमय भएको निर्वाचनमा पनि केही ठूला नेताको पक्षमा परिणाम आएन। कांग्रेसका तत्कालीन महामन्त्री सूर्यप्रसाद उपाध्याय दुई ठाउँबाट चुनाव लडेका थिए।

बस्नेतका अनुसार काठमाडौं पूर्व क्षेत्र नम्बर ५ मा संयुक्त प्रजातन्त्र पार्टीका उम्मेदवार लोचन शमशेर थापाबाट पराजित भए भने रामेछाप दक्षिण क्षेत्र नम्बर १४ बाट गोरखा परिषद्का उम्मेदवार बेनीबहादुर कार्कीबाट। काठमाडौं ५ मा उपाध्यायले ५,७७१ मत ल्याए भने थापाले ८,३५७ ल्याए। यसैगरी, रामेछाप १४ बाट कार्कीले ३,२१९ र उपाध्यायले २,८८३ मत ल्याएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिनिधि सभा हारेका उपाध्यायपछि प्रतिनिधि सभाबाटै निर्वाचित हुने १८ जनाको कोटामा निर्वाचित हुँदै महासभा (माथिल्लो सभा) पुगेका थिए। महासभामा ३६ जना रहने व्यवस्था थियो। अन्य १८ भने श्री ५ बाट मनोनित हुने व्यवस्था थियो।

कांग्रेसका पूर्वमहामन्त्री तथा त्यसबेला प्रचाराध्यक्ष पूर्वमहामन्त्री कृष्णप्रसाद भट्टराई गोरखा क्षेत्र नम्बर १०४ बाट पराजित भए। गोरखा परिषद्का विश्वनाथ सुवेदीले ३१३३ मत ल्याउँदा उनले जम्मा २८०८ मत ल्याए।

चुनाव हारे पनि भट्टराई प्रतिनिधि सभाका सभामुख नियुक्त भएको ‘नेपालको निर्वाचन इतिहास १’ मा उल्लेख छ।

कांग्रेसका अर्का पूर्वमहामन्त्री महेन्द्र विक्रम शाह जुम्ला दक्षिण क्षेत्र नम्बर ७४ बाट पराजित भए। उनलाई स्वतन्त्र उम्मेदवार जयबहादुर महत क्षेत्रीले हराए। शाह सबैभन्दा अन्तिम स्थान अर्थात् पाँचौं भएका थिए। उनी अस्वस्थ रहेका कारण निर्वाचन क्षेत्र जान पाएका थिएनन्।

मुलुकमा प्रजातान्त्रिक आन्दोलनको पहिलो बिगुल फुक्ने पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्य काठमाडौं क्षेत्र नम्बर ५ बाट पराजित भए। तत्कालीन राजा  महेन्द्रका विश्वासपात्र योगविक्रम शाह र हरिशमशेर राणाले पनि चुनाव हारे।

हार्नेमध्ये डा के आई सिंहले निर्वाचनमा प्राविधिक त्रुटि भएको भन्दै अदालतमा रिट दायर गरेका थिए। तर, उक्त रिट खारेज भयो।

बीपीबाहेक सबै पार्टी प्रमुख पराजित
२०१५ सालको निर्वाचनमा ९ दलले भाग लिएका थिए। कम्तिमा २२ क्षेत्रबाट निर्वाचन लड्ने दलहरूलाई निर्वाचन चिह्न दिइएको थियो। तर, छाता चुनाव चिह्न पाएको नेपाल राष्ट्रिय कांग्रेसले २० निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवारी दिएपनि निर्वाचन आयोगले राष्ट्रिय दल स्वीकार्‍यो।

निर्वाचनमा भाग लिने दलहरूमा नेपाली कांग्रेस, नेपाल प्रजा परिषद् (आचार्य गुट), नेपाल प्रजा परिषद् (मिश्र गुट), संयुक्त प्रजातन्त्र पार्टी नेपाल, नेपाल प्रजातान्त्रिक महासभा, नेपाल राष्ट्रवादी गोरखा परिषद्, नेपाल कम्युनिस्ट पार्टी र तराई कांग्रेस रहेका थिए।

‘पहिलो संसद् : बीपी–महेन्द्र टकराव’मा जगत नेपालले उल्लेख गरेअनुसार त्योबेला पार्टी प्रमुखहरूमध्ये नेपाली कांग्रेसका सभापति बीपी कोइराला मात्रै निर्वाचित भएका थिए। बीपीले मोरङ क्षेत्र नम्बर ३२ बाट निर्वाचन जितेका थिए

गोरखा परिषद्का अध्यक्ष रणधीर सुब्बा क्षेत्र नम्बर २६ धनकुटा, तराई कांग्रेसका वेदानन्द झाले क्षेत्र नम्बर ३९ सिराहा, नेकपाका महासचिव केशरजङ रायमाझी पाल्पा क्षेत्र नम्बर ९३, प्रजातान्त्रिक महासभाका अध्यक्ष रङगनाथ शर्माले काठमाडौं क्षेत्र नम्बर ५ बाट पराजय व्यहोरेका थिए।

सो निर्वाचनमा राष्ट्रिय कांग्रेसका डिल्लीरमण रेग्मी र नेपाल प्रजापरिषद्का भद्रकाली मिश्रले पनि निर्वाचन हारेका थिए।

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १९:२५
  • #चुनाव_२०७९
  • #हस्तिको हार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
रविले बोलाए सचिवालय बैठक बिहीबार, भदौ १८, २०८३
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो बिहीबार, भदौ १८, २०८३
बाढी–पहिरोले रसुवा, धादिङ, मुगु र सिन्धुपाल्चोकका सडक अवरुद्ध बिहीबार, भदौ १८, २०८३
केनको दुई गोलमा बायर्नको जित बिहीबार, भदौ १८, २०८३
शव पहिचानका लागि डीएनए परीक्षण : मृतकका कुन-कुन आफन्तले दिन सक्छन् रगतको नमुना ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्