काठमाडौं- नेपाल विद्युत् प्रधिकरणका प्रमुख कुलमान घिसिङले सार्वजनिक यातायतमा बढीभन्दा बढी विद्युतिय सवारी साधन प्रयोगमा ल्याउनु पर्ने बताएका छन्।
नाडाले शुक्रबार काठमाडौंमा आयोजना गरेको विद्युतिय सवारीको प्रदर्शनीमा बोल्दै प्रमुख घिसिङले उक्त कुरा बताएका हुन्।
'सार्वजनिक यातायातमा बढीभन्दा बढी विद्युतिय सवारी भित्र्याउनुपर्छ,' घिसिङले भने, 'विद्युत्बाट चल्ने ट्याक्सी, बस तथा सार्वजनिक सवारी साधानहरू भित्र्याउनुपर्छ। निजी प्रयोगमा मात्र सिमित गर्नु भएन।'
त्यस्तै, प्रमुख घिसिङले विद्युतिय सवारीको लागि चर्जिङ स्टेशनका लागि प्रस्ताव लिएर आए प्रधिकरणले सो स्थानमा २०० केवीको विद्युत् पुर्याइदिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
इन्धनको तुलनामा सञ्चलान लागत शून्य रहेकाले विद्युतिय सवारीको प्रयोगको फाइदाबारे प्रचार गर्न पनि घिसिङले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।