काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान नवयुग श्रेष्ठले राष्ट्रिय टिममा पर्नका लागि चलखेल हुने गरेको आरोप लगाएका छन्।
असोज ११ गते बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलेका खागि २३ सदस्यीय टोली घोषणा भएको थियो। कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईंले अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका थिए।
२३ सदस्यीय टोलीमा दुई नयाँ अनुहार देखिँदा पूर्वकप्तान समेत रहेका श्रेष्ठ भने अटाएका थिएनन्। त्यसपछि उनले सामाजिक सञ्जाल फेसबूकमै आक्रोश व्यक्त गरेका छन्। चलखेल गरेरै आफूलाई टिमभन्दा बाहिर राखिएको उनको आरोप छ।
विदेशी प्रशिक्षक हुँदा आफू टिममा पर्ने, तर स्वदेशी प्रशिक्षक हुँदा टिममा नपर्ने गरेको गुनासो श्रेष्ठले गरेका छन्।
‘रोगको लक्षण: विदेशी हुँदा भित्र, स्वदेशी हुँदा बाहिर। रोगको नाम: चलखेल,’ नवयुगले सामाजिक सञ्जालमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।