दाङ– टरिगाउँ विमानस्थलको स्तरोन्नति र सञ्चालन नहुँदा वर्षौंदेखि झेल्दै आएको समस्या अब समाधान हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताएका छन्।
दाङको तुलसीपुर नजिकै रहेको टरिगाउँ एयरपोर्टको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले उक्त एयरपोर्टमा तत्काल धावनमार्ग विस्तार गरिने प्रतिद्धता जनाए। धावनमार्ग विस्तारकालागि राम्रै सम्भावना भएको र अझै धेरै काम गर्नु पर्ने देखिएको मन्त्री श्रेष्ठले बताए।
‘यहाँका जनताको माग, आवश्यकताप्रति मेरो ध्यान गएको छ। अब दाङ लगायत आसपासका जिल्लाबासीले प्लेन चढ्नका लागि नेपालगञ्ज र भैरहवा जानु पर्दैन’, मन्त्री श्रेष्ठले भने, ‘अहिलेको रनवे बढाउन उपयुक्त लोकेसन कहाँ हुन्छ त्यसको सर्भे गर्न जरूरी देखियो। मोटामोटी एक खालको सर्भे पहिल्यै गरिएको भए पनि अब डिटेल सर्भे गरी के कति कहाँको जग्गा आवश्यक पर्छ त्यो हेर्नुछ।’
एयरपोर्ट आसपासमा सार्वजनिक जग्गा र मुआब्जा दिनुपर्ने पर्ने जग्गाबारे विस्तृतमा अध्ययन गर्न प्राविधिक खटाउने मन्त्री श्रेष्ठले बताए।
दशैंलगत्तै सर्भेको काम सुरू हुने र त्यसपछि बजेटको व्यवस्थापन गरेर धावनमार्ग विस्तारको काम अगाडि बढाइने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।