काठमाडौं– सुडानमा हालै आएको बाढी र पहिरोबाट ज्यान मृत्यु संख्या एक सय ४६ पुगेको छ। सुडानको नेसनल काउन्सिल फर सिभिल डिफेन्सका अनुसार अन्य केही व्यक्ति हराइरहेका छन्।
काउन्सिलले यही सेप्टेम्बर महिनाको २१ तारिख अर्थात् बुधबारसम्ममा त्यहाँ बाढी पहिरोबाट ज्यान जाने नागरिकको संख्या एक सय ४६ पुगेको जानकारी बुधबार दिएको हो।
हालै आएको बाढीले पाँच हजारभन्दा बढी घर बगाएको छ भने अरु सात हजार घरमा क्षति पुगेको छ। उत्तरी क्षेत्रका दुई सय ५० भन्दा बढी गाउँमा बाढीले क्षति पुर्याएको बताइएको छ। बाढीबाट दशौं हजार हेक्टर जमिनको खेती नष्ट गरिदिएको छ भने सार्वजनिक यातायात तथा भौतिक संरचनामा क्षति पुर्याएको छ।
यो बाढीबाट गएको जुन महिनादेखि यहाँ कम्तीमा पनि एक लाख ३६ हजार व्यक्ति प्रभावित हुन पुगेका छन्। उनीहरुमध्ये आधाभन्दा बढीको त घर ध्वस्त भएकाले विस्थापित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।