काठमाडौं– आईआईएफएल वेल्थ हुरुन इन्डिया रिच लिस्ट २०२२ बुधबार जारी गरिएको छ। उक्त सूचीमा भारतका अर्बपति गौतम अडानी १०.९४ लाख करोडको सम्पत्तिका साथ पहिलो नम्बरमा छन्।
दोस्रो नम्बरमा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी छन्। उनको सम्पत्ति ७.९४ लाख करोड छ।
३० सेप्टेम्बर २०२१ मा जारी गरिएको अन्तिम सूचीदेखि अडानीले हरेक दिन १६१२ करोड कमाएको छ। यस अवधिमा अम्बानीको दैनिक कमाई २१० करोड थियो।
यो बीचमा अडानीको सम्पत्ति ११६ प्रतिशतले बढेको छ भने अम्बानीको सम्पत्ति ११ प्रतिशतले बढेको छ। अघिल्लो सूचीमा अम्बानी नम्बर एक र अडानी दोस्रो नम्बरमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।