काठमाडौं– काठमाडौं महानगरपालिकाले अनुमतिबिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ।
महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमतिबिना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन निर्देशन दिएको हो।
‘असोज ५ गतेबाट अनुमतिबिना बाह्य विज्ञापन सञ्चालन नगर्न/नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ। नियम उल्लंघन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने चेतावनी पनि दिइएको छ।
केहि समय अघिदेखि महानगरपालिकाभित्र रहेका अनुमतिबिनाका अनधिकृत होर्डिङ बोर्ड हटाउने जनाएको थियो।
यसको लागि महानगरले त्रिपुरेश्वरमा रहेको वल्ड्र ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।