काठमाडौं– फ्रान्सका भविष्यवक्ता नास्त्रेदमसको भविष्यवाणी निकै चर्चित छन्। उनका कैयौं भविष्यवाणी सही सावित पनि भइसकेका छन्।
सन् १५६६ मा आफ्नो मृत्युअघि नास्त्रेदमसले ६३३८ भविष्यवाणी गरेका थिए। जसमा उनले विश्व ध्वस्त हुनेदेखि लिएर मंगल ग्रहमा मानव वस्ती बसाउनेसम्मका भविष्यवाणी गरेका थिए।
नास्त्रेदमसले हरेक वर्षका लागि भिन्न–भिन्न भविष्यवाणी गरेका छन्। सन् २०२३ लाई लिएर पनि उनले निकै डरलाग्दा भविष्यवाणी गरेका छन्। उनको जन्म सन् १५०३ डिसेम्बर १४ मा जर्मनीमा भएको थियो।
उनको मृत्यु सन् १५६६ जुलाई २ मा भएको थियो। उनले हिटलरको शासन, दोस्रो विश्वयुद्ध, ९/११ हमला र फ्रान्सको क्रान्तिबारे भविष्यवाणी गरेका थिए। जुन सही सावित पनि भए।
मंगल ग्रहमा कहिलेसम्म पुग्नेछन् मानिस
नास्त्रेदमसले मंगल ग्रहलाई लिएर पनि भविष्यवाणी गरेका थिए। उनले यस ग्रहमा मानिस कहिलेसम्म पुग्न सक्नेछ भन्ने बताएका थए।
उनको भविष्यवाणी अनुसार मंगल ग्रहको मिशनमा सन् २०२३ मा एक ठूलो सफलता हात लाग्नेछ। स्पेस एक्सका सिइओ एलन मस्कले मंगल ग्रहमा मानविय बस्ती बसाउने घोषणा गरिसकेका छन्।
उनले सन् २०२९ सम्म मंगल ग्रहमा मानिस पठाउने योजना बनाएका छन्। नास्त्रेदमसको भविष्यवाणी अनुसार मस्कले सन् २०२३ मै कुनै मिशन घोषणा गर्न सक्नेछन्।
तेस्रो विश्वयुद्धबारे भविष्यवाणी
नास्त्रेदमसले आफ्नो भविष्यवाणीमा सन् २०२३ मा महान युद्धबारे उल्लेख गरेका छन्। उनले भविष्यवाणीमा लेखेका छन्, ‘सात महिना महान युद्ध हुनेछ। गलत कामका कारण मानविय क्षति हुनेछ।’
कैयौं मानिस तेस्रो विश्वयुद्धको भविष्यवाणीलाई गलत मान्दै आएका छन्। केही मानिस भने रुस–युक्रेनबीचमा चलिरहेको युद्ध सन् २०२३सम्म तेस्रो युद्धमा परिणत हुने बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।