काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाने तेलको मूल्यमा थप १० रुपैयाँ घटाएको छ। सुपथ मूल्य पसलमा बजारको भाउ भन्दा महँगो भएको भन्दै गुनासो आएपछि कम्पनीले लिटरमा थप १० रुपैयाँले घटाएको हो।
घटेको मूद्ल्य मंगलबारदेखि नै लागू भएको कम्पनीले बताएको छ। घटेको मूल्य अनुसार अब सनफ्लावर तेलको मूल्य प्रतिलिटर २ सय ८५ रुपैयाँ, तोरीको तेल २ सय ७५ रुपैयाँ र भटमासको तेल २ सय ४० रुपैयाँमा पाइनेछ।
बजारमा अहिले सनफ्लावर तेल प्रतिलिटर २ सय ९० रुपियाँ पर्छ। पछिल्लो समय सरकारले भन्सार दर घटाएपछि तेलको मूल्यमा गिरावट आएको छ। सहुलियत पसल सञ्चालन गर्नुअघि खाद्यले सनफ्लावर प्रतिलिटर ३ सय २ रुपैयाँ, तोरी २ सय ८७ रुपैयाँ र भटमासको तेल २ सय ५२ रुपैयाँमा बिक्री गरेको थियो। असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा आएलगत्तै प्रतिलिटर ७ रुपैयाँ घटाएर नयाँ मूल्य निर्धारण गरेको थियो।
जसअनुसार सनफ्लावर प्रतिलिटर २ सय ९५, तोरीमा २ सय ८० र भटमास २ सय ४५ रुपैयाँ बिक्री मूल्य थियो। तर, यो बजार भाउ भन्दा १० रुपैयाँले महँगो थियो । त्यस्तै, मुसुरोको दालको मूल्य घटाएर किलोको १ सय ४५ रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।