काठमाडौं– क्यानडामा अन्तर्राष्ट्रिय गीता महोत्सव आयोजना गरिएको छ। त्यस अवरसमा क्यानडाको संसद् हाउस अफ कमन्सका सदस्य चन्द्र आर्यले नोभेम्बरलाई हिन्दू सम्पदा महिनाका रूपमा मनाउने विधेयकमा जोड दिए।
उनले क्यानडाको सामाजिक एवम् आर्थिक विकासमा हिन्दू क्यानडालीले गरेको योगदान र क्यानडाली समाजमा उनीहरूले गरेको सेवालाई क्यानडा सरकारले मान्यता दिनुपर्ने बताए।
भारत सेवाश्रम संघ क्यानडाले जारी गरेको विज्ञप्तिअनुसार क्यानडाको संसद्मा भदौ ३१ देखि असोज २ गते सम्म गीता महोत्सव आयोजना गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।