चितवन– पूर्वी चितवनको रत्ननगरमा डेंगु रोगबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर–१ का २७ वर्षीय पुरुष रहेका छन्।
उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डेंगु संक्रमणको पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो।
अध्ययनका क्रममा काठमाडौं बस्दै आएका उनी ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए।
जिल्लामा हालसम्म चार सय २९ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ। दुई हजार आठ सय ७७ जनाको नमुना परीक्षणका क्रममा उनीहरुमा डेंगु देखिएको हो।
जिल्लामा भेटिएका डेंगुका बिरामीमध्ये ६२ जनाको ठेगाना नखुलेको र एक सय छ जिल्ला बाहिरका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।