भैरहवा– २७ सेप्टेम्बर अर्थात् विश्व पर्यटन दिवसको अवसरमा यसवर्ष लुम्बिनी प्रदेशको बेलहियामा विशेष कार्यक्रम गर्नेगरी तयारी थालिएको छ।
लुम्बिनी पर्यटन विकाष परिषद्को अगुवाइमा हुने कार्यक्रम सफल बनाउन सिद्धार्थ होटल एशोसियसन, नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्टा- नाट्टा, साट्टो, नेपाल पर्यटन पत्रकार महासंघ रुपन्देही, लुम्बिनी प्रेस क्लब लुम्बिनीको सहकार्यमा पर्यटनसँग सरोकार राख्ने विभिन्न निकायसँग मिलेर कार्यक्रम गर्न थालिएको हो।
असोज ११ गते पर्ने विश्व पर्यटन दिवस मनाउन पर्यटन क्षेत्रका संघसंस्थाको प्रमुखहरुको भेलाले पर्यटन व्यवसायी सिपि श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरेको छ।
बैठकले ६ गते भैरहवामा नेपाल र भारतका पत्रकारहरु सहभागी गराएर पत्रकार सम्मेलन गर्ने र ११ गते बिहान प्रभात फेरि र त्यसपछि बेलहिया तथा गौतमबुद्ध विमानस्थलमा परयटन विशेष कार्यक्रम आयोजना गर्नेगरी तयारी थालेको मूल आयोजक समितिको संयोजकसमेत रहेका शानका अध्यक्ष सिपि श्रेष्ठले बताए।
कोरोनापछि पर्यटन पुनरुत्थानका लागि विश्व पर्यटन दिवसमा आयोजना गरिने विभिन्न कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने मूल आयोजक समितिका सदस्यसमेत रहेका नाट्टाका वरिस्ठ उपाध्यक्ष चन्द्र थापाले बताए।
बेलहियामा विगत दशकदेखि हरेक दिन पर्यटन सम्बन्धी विभिन्न गतिविधि गरेर यो दिवस मनाउने गरिएको छ। सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन थालिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।