काठमाडौं– राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले जिम्मेवारी परित्याग गरेका छन्। साफ च्याम्पियनसिपको फाइनलमा सोमबार बंगलादेशसँग ३–१ ले पराजित हुँदै उपाधि जित्न असफल भएपछि प्रशिक्षक थापाले जिम्मेवारी त्यागेका हुन्।
प्रशिक्षक थापाले अरुलाई मौका दिन भन्दै जिम्मेवारी छाडेका हुन्।
सोमबार भएको खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल इतिहास रच्न चुकेको हो। पाँचौंपटक फाइनलमा पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको उपविजेतामा सीमित रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।