काठमाडौं– नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि हात पार्न चुकेको छ। सोमबार बंगलादेशसँगको फाइनल खेलमा नेपाल ३–१ ले स्तब्ध भयो।
नेपाली दर्शकले भरिएको दशरथ रंगशालामा नेपाललाई हराउँदै बंगलादेश च्याम्पियन भएको छ।
बंगलादेशको जितका लागि कृष्णरानी सरकारले २ गोल गरिन्। यस्तै, साम सुन्नहारले १ गोल गरिन्।
नेपालका लागि भने अनिता बस्नेतले १ गोल गरिन्। खेलको ७०औं मिनेटमा अनिताले गोल गरेपनि हार टार्न उक्त गोल पर्याप्त बनेन।
बंगलादेशले पहिलोपटक प्रतियोगिताको उपाधि हात पार्दा नेपाल भने पाँचौंपटक फाइनलमा पराजित भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।