काठमाडौं– दक्षिण एसियाली फुटबल महासंघ (साफ)को महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशले अग्रता बनाएको छ। खेलको १३औं मिनेटमा गोल गर्दै बंगलादेशले नेपालविरुद्ध अग्रता बनाएको हो।
भारतलाई हराएर फाइनलमा पुगेको नेपाल खेलको सुरुआति चरणमा सम्हालिन नसक्दा गोल खान पुग्यो। नेपालकी मुख्य फरवार्ड सावित्रा भण्डारी सोमबारको खेलमा छैनन्। उनी डेंगुका कारण बेन्चमा छन्।
बंगलादेशकी समसुनहरले उत्कृष्ट फिनिसिङ गर्दै गोल गरिन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अहिले साफको फाइनल खेल भइरहेको छ।
दुवै टिम उपाधि जित्दै इतिहास रच्ने दाउमा छन्। अहिलेसम्म बंगलादेश र नेपालले महिला साफको उपाधि जितेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।