काठमाडौं– लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको ‘मझेरीमै नाच्न देऊ’ बोलको बालगीतको भिडियो सार्वजिनक गरिएको छ।
जसमा सुप्रसिद्ध कवि तथा गीतकार रामबाबु सुवेदीको शब्द तथा संगीतकार डिल्ली प्रसाद चापागाईंको संगीत रहेको छ।
छुनामुना टुनाहरु, हृदयका गजुर, गजुरलाई म्वाईखाउँ मेरो हजुर जस्ता बाल लोकलयमा आधारित निकै नै मर्मस्पर्शी र सुनिरहँ जस्तो लाग्ने शब्द समावेश गीत रिलिज गरिएसँगै रामे प्रतिक्रिया आइरहेको गीतकार रामबाबु सुवेदी बताउँछन्।
बीबी अनुरागीको एरेन्ज रहेको गीतको भिडियोको निर्देशन आचार्य गोपालले गरेका छन्। भिडियोको निर्माण रामबाबु सुवेदीले गरेका हुन्।
सार्वजनिक बाल गीतमा सुन्दर नगरी पोखराकी आयुष्मा भुजेलले मुख्य भूमिकामा अभिनय गरेकी छन्। जसमा स्थानीय बालबालिकाहरुको पनि अभिनय देख्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।