काठमाडौं– आर्सनलका किशोर खेलाडी इथन न्वानेरीले इंग्लिस प्रिमियर लिगमा नयाँ कीर्तिमान बनाएका छन्। १५ वर्षकै उमेरमा प्रिमियर लिगमा डेब्यू गर्दै न्वानेरीले नयाँ कीर्तिमान बनाएका हुन्।
इंग्ल्याण्डका अट्याकिङ मिडफिल्डर सन् २००७ को मार्चमा जन्मेका थिए। १५ वर्ष १८१ दिनको उमेर प्रिमियर लिगमा ब्रेनफोर्डविरुद्धको खेलमा डेब्यू गर्दै उनले रेकर्ड बनाएका हुन्।
उनी वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए। यसअघि यो रेकर्ड हार्भे इलिओटाको नाममा थियो।
लिभरपुलका मिडफिल्डर हार्भे इलिओटाले १६ वर्ष ३० दिनको उमेर प्रिमियर लिगमा डेब्यू गर्दै रेकर्ड बनाएका थिए। उनले सन् २०१९ मा फुलहामविरुद्ध डेब्यु गर्दै रेडर्क बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।