काठमाडौं– नाइजेरियामा सडक दुर्घटनामा परी कम्तिमा पनि १९ जनाको ज्यान गएको छ। स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार नाइजेरियाको राजधानी अबुजाको सडक दुर्घटनामा परेर ती नागरिकहरूको ज्यान गएको हो।
दुर्घटनामा परेर अरु सात जना गम्भीर घाइते भएको समाचारमा जनाइएको छ। राजधानी अबुजाको यान्जी ग्वालादा सडकमा उक्त दुर्घटना भएको हो। सडक विभागका एक अधिकारीले त्यहाँको सडकमा बस र ट्रक एक आपसमा जुध्दा दुर्घटना भएको बताएका छन्।
सो सडकमा तीन ओटा सवारी साधन एक आपसमा जुधेका र जसका कारण यति धेरै नागरिकको ज्यान गएको हो। सो सडकमा तीन ओटा सवारी साधन के कसरी आपसमा जुध्न पुगेका थिए भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ।
यहाँ बेपर्वाहसँग सवारी हाँक्ने, सडकको अवस्था पनि कमजोर रहेको र सवारी साधनहरुले क्षमताभन्दा बढी मात्रामा भारी बोक्ने गरेकाले समय समयमा सडक दुर्घटना हुने गरेको अधिकारीहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।