१. महाभियोग दर्तापछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सर्वोच्च अदालत छिर्न रोक, सरकारले आफ्नो निवास बाहिरबाट बन्द गरेपछि आफू निवासमै ‘नजरबन्द’मा परेको राणाको प्रतिक्रिया (राणालाई रोक)
२. एमालेले टुंग्यायो समानुपातिक सूची, प्रतिनिधि सभामा ५७ जना महिलासहित ११० जनाको नाम तय, अन्य पार्टीबाट आउनेका लागि मापदण्ड लचिलो । (एमालेले टुंग्यायो समानुपातिक सूची)
३. निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा गठित विज्ञ समूहले दियो विमानस्थल बनाउनुपर्ने निष्कर्षसहित प्रतिवेदन, पसाहा र बकैया नदी बीचको करिब ९ हजार हेक्टर क्षेत्रफल भित्रको करिब ४ हजार हेक्टर क्षेत्र उपयुक्त रहेको दाबी (विमानस्थल बनाउनुपर्ने निष्कर्ष)
४. भारतको चण्डीगढ विश्वविद्यालयमा अध्ययनरत छात्राको नुहाउँदै गरेको भिडिओ भाइरल, ६० भन्दा बढी छात्राको भिडिओ त्यसरी नै लिइएको आशंका, होस्टेल प्रशासनले मिडिया र प्रहरीलाई पैसा दिएर घटना दबाउने प्रयास गरेको आरोप (छात्राको नग्न भिडियो भाइरल)
५. र, नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाउँदै नेपाल प्रहरी, इन्टरपोलमार्फत् ल्याउने तयारी गरेको प्रहरीले लामिछानेलाई दिइरहेको छ आफैं फर्किदा उत्तम हुने सन्देश (सन्दीप झिकाउने प्रक्रिया)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।