काठमाडौं– संयुक्त राष्ट्रसंघको ७७औं महासभामा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल नेतृत्वको टोली अमेरिकाको न्यूयोर्क प्रस्थान गरेको छ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार आइतबार सचिव पौड्याल नेतृत्वको टोली न्यूयोर्क प्रस्थान गरेको हो।
न्यूयोर्कमा रहँदा परराष्ट्र सचिव पौडेलले ‘जलाधार क्षेत्रको परिर्वतन र चुनौतीहरूको रूपान्तरणकारी समाधान’ शीर्षकमा सम्भाषण गर्ने विज्ञप्तिमा जनाइएको छ।
त्यस्तै, सचिव पौड्यालले संयुक्त राष्ट्रसघंका अन्य उच्चस्तरीय बैठकमा सहभागी हुनुका साथै राष्ट्रसंघका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।