काठमाडौं– काठमाडौं महानगरपालिकाले टुकुचा खोलाको बहाव क्षेत्र खोज्ने अभियान आइतबार पनि जारी राखेको छ। महानगरपालिकाले आइतबार हात्तीसार–कमलादी क्षेत्रका केही जमिन उत्खनन् गरेर टुकुचाको बहाव क्षेत्र पहिल्याएको हो।
आइतबार हात्तीसारस्थित सिद्धार्थ बैंक रहेको भवनको पछाडि जमिन खनेर टुकुचाको बहाव क्षेत्र पत्ता लगाएको हो।
टुकुचा क्षेत्रको बहाव क्षेत्र पत्ता लगाउन महानगरपालिकाले विभिन्न संरचनामा डोजर चलाउन थालेपछि त्यहाँका केही घरधनीहरु भने अदालत पाटन पुगेका छन्।
प्रेसिडेण्ट ट्राभल्स एण्ड टुर्स प्रालिका तर्फबाट अधिकार प्राप्त भोला विक्रम थापा समेतले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनले घरहरु नभत्काउन भनेको छ।
साउन १२ गते काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो। महानगरले उक्त सूचना जारी गरेको लामो समयसम्म पनि कसैले नहटाएपछि महानगर आफैं टुकुचाको खोजीमा जुटेको थियो।
यसै क्रममा महानगरले खोलामाथि घर बनाएको भन्दै जय नेपाल हलको कम्पाउण्डमा खन्दा टुकुचा भेटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।