काठमाडौं– सरकारले विराटनगर विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय खारेज गरेको छ। मन्त्रिपरिषद्को भदौ ३१ मा बसेको बैठकले दुई वर्षअघिको निर्णय खारेज गरेको हो।
‘नेपाल सरकार, मन्त्रिपरिषद्को २०७७/७/२७ को निर्णय बमोजिम विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राविधानलाई स्वीकृत प्रदान गर्ने भन्ने निर्णय भएकोमा उक्त जग्गा प्राप्त नगर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।
ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७७ कात्तिक २७ मा जग्गा प्राप्ति गर्ने निर्णय गरेको थियो। ‘सुर्खेत र विराटनगर विमानस्थल विस्तारका लागि जग्गा प्राप्ति गर्ने,’ त्यतिबेला सार्वजनिक गरिएको निर्णयमा भनिएको थियो।
यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णयहरु:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।