• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर १५, २०८२ Mon, Dec 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कैलालीका बाढी प्रभावित सडकमा

64x64
रासस आइतबार, असोज २, २०७९  ०८:१९
1140x725

धनगढी– बिहीबार रातिदेखि परेको अविरल वर्षापछि बाढी आउँदा भजनी नगरपालिकाका करिब सात हजार घरपरिवार प्रभावित भएका छन्। 

बाढीबाट प्रभावित परिवार शनिबार बिहानदेखि हुलाकी सडकमा बसेका छन्। बाढीका कारण आठ हजार बिघामा लगाएको फुट्न लागेको धानबालीमा क्षति भएको बताइएको छ। गत वर्ष पाकेको धान बाढीमा बगेका यहाँका किसान यस वर्ष फुल्न थालेको धानबाली बाढीले नोक्सान गरेपछि थप पीडामा परेका छन्। 

बाढीले प्रभावितले घरमा रहेका अन्नपातसमेत जोगाउन सकेनन्, प्रभावितहरू अत्यावश्यक कागजात र गाईभैंसी डोहोर्‍याएर भागेर ज्यान बचाएका स्थानीय जयप्रसाद ढुङ्गानाले बताए। हुलाकी सडकमा बसेकाहरूको बिचल्ली छ। सडकमा बस्नेहरू एकसरो लुगामा रहेका स्थानीय रुपा चौधरीले बताइन्। ‘बाढी बस्तीमा पसेपछि ज्यान जोगाउन भन्दै सात जनाको परिवार भाग्यौं’, उनले भनिन् , ‘ज्यान बाँचे खाइएला, हामी सबै भोकै छौं, अब सम्पत्ति बगेको हिसाब छैन।’

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिणी क्षेत्र डुबानमा परेको हो। चुरे मुहान भएर बग्ने पथरैया, कान्द्रा, काँढा, मोहना, खुटिया, कटैनी नदीमा आएको बाढीले भजनी, कैलारी, जोशीपुर, टीकापुर, जानकी, धनगढीलगायतका पालिकामा डुबान भएको छ। टीकापुर नगरपालिका–८ को वनगाउँ क्षेत्रमा कर्णाली नदी गाउँ पसेको छ। 

भजनी नगरपालिका सबै डुबानमा परेको र त्यसमा पनि वडा नं ३, ५, ७ र ८ बढी प्रभावित भएका भजनी नगरप्रमुख केवल चौधरीले जानकारी दिए। ‘पूरै पालिका डुबानमा परेको छ, डुबानमा परेकाहरूको उद्धार कार्य जारीरहेको छ’, उनले भने, ‘स्थानीय पनि उद्धारमा खट्नुभएको छ। हामी स्रोत साधन र जनशक्ति परिचालन गरेर खटेका छौं, हजारौं घर डुबानमा परेका र सयौं विस्थापित भएका छन्।’

Ncell 2
Ncell 2

टीकापुर नगरपालिकामा कर्णाली, मोहना र पथरैया नदीको पानी गाउँमा पस्दा करिब साढे पाँच सय घर डुबानमा परेका छन्। वडा नं ८ को वनगाउँमा कर्णाली नदीले तटबन्ध भत्काएर गाउँमा पस्दा त्यहाँ निकै जोखिम बढेको छ। त्यहाँका नागरिकलाई उच्च घरमा सारिएको छ। अहिलेको यो तथ्यांक नै अन्तिम नभएको र अझै पनि तथ्यांक संकलन गर्ने काम जारी रहेकाले बाढीबाट प्रभावितको संख्या बढ्न सक्ने नगर उपप्रमुख खडक शाहले जानकारी दिए। ‘हामीले प्रभावितलाई अत्यावश्यक सामान त्रिपाल, पानीलगायतका वितरण गरेका छौं’, उनले भने, ‘उद्धारमा खटेका छौं, अझै संख्या बढ्न सक्ने देखिएको छ।’

जानकी गाउँपालिकामा पनि पथरैया नदीको पानी गाउँमा पस्दा वडा नं ४ र ७ का एक सय पाँच घर विस्थापित भएका छन् भने दुई सय घरपरिवार प्रभावित भएका छन्। उनीहरु अहिले स्थानीयस्तरमा बनेका उच्च घरमा आश्रय लिएर बसिरहेका र डुबानबाट विस्थापित परिवारलाई गाउँपालिकाले सामूहिक मेस सञ्चालन गरी खानाको व्यवस्था गरेको जानकी गाउँपालिका विपद् व्यवस्थापन शाखाका संयोजक नेत्रप्रसाद जैशीले जानकारी दिए। 

जोशीपुर गाउँपालिकामा पनि एक हजार घर डुबानमा परेका र त्यसको यकिन तथ्यांक आउन केही दिन लाग्ने गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले जानकारी दिए। अहिले गाउँपालिकाले बाढीबाट विस्थापित भएकालाई सुरक्षित स्थानतर्फ सारी उनीहरूलाई तत्कालीन राहत दिने काम भइरहेको अध्यक्ष चौधरीले बताए। 

कैलारी गाउँपालिकाको पनि वडा नं १, २, ५, ७ र ८ डुबानमा परेका छन्। वडा नं १ र २ आंशिकरूपमा डुबानमा परे पनि ५, ७ र ८ वडाका सबै घर डुबानमा परेका कारण कति घर डुबानमा परे भनी तथ्यांकसमेत लिन सकिने अवस्था छैन। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सहयोगमा डुबानमा फसेकाहरूलाई उद्धार गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीले जानकारी दिए। 

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी, स्थानीय पालिका तथा वडा कार्यालयको समन्वय र सहकार्यमा उद्धार गरिएको छ भने उनीहरूलाई तत्कालीन राहत प्रदान गर्ने काम पनि भइरहेको छ।

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  ०८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बालेन शाहलाई पितृशोक सिभिल अस्पतालमा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले पुष्टि गरे । सोमबार, मंसिर १५, २०८२
पोखरामा एमालेले कार्यक्रम बिथोल्न खोजेको सुदन गुरुङको आरोप गुरुङले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्– ‘पोखरामा जेनजी भाइ बहिनीहरूको सङ्गठन बलियो बनाउन र देश प्रेमी पोखरेली आम... सोमबार, मंसिर १५, २०८२
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग एक्यबद्धताको संकेतस्वरूप, नेपाल सरकारले राहत तथा पुनःस्थापनाका लागि अमेरिकन डलर दुई लाख सहायता प्रदान गर्ने निर्णय गरेको छ । सोमबार, मंसिर १५, २०८२
ताजा समाचारसबै
बालेन शाहलाई पितृशोक सोमबार, मंसिर १५, २०८२
पोखरामा एमालेले कार्यक्रम बिथोल्न खोजेको सुदन गुरुङको आरोप सोमबार, मंसिर १५, २०८२
आज विराटनगरमा नेकपाको एकता सन्देश सभा सोमबार, मंसिर १५, २०८२
राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा (पूर्णपाठ) सोमबार, मंसिर १५, २०८२
सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा माओवादी नेता अन्सारी पक्राउ सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
पुसको अन्तिम साता महाधिवेशनको कार्यतालिका ल्याउने कांग्रेस संस्थापन पक्षको तयारी आइतबार, मंसिर १४, २०८२
डिजेल/मट्टितेलको मूल्य घट्यो सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्