काठमाडौं- पटक–पटक नेपाल बहुल राष्ट्रिय राज्य हो भन्ने अभिव्यक्ति दिएर विवादमा पर्ने गरेका लोकतान्त्रिक समाजवादी पार्टीका सांसद राजेन्द्र महतोले शनिबार सोही अभिव्यक्ति दिएका छन्।
प्रतिनिधि सभाको बिदाइ बैठकमा उनले आफ्नो सो अभिव्यक्ति दोहोर्याएका हुन्।
'नेपाल बहुल राष्ट्रिय राज्य हो। नेपाल सबैको हो। नेपाल एउटा जातिको होइन। एउटा धर्मको होइन। एउटा वर्गको होइन। एउटा क्षेत्रको होइन। देश सबैको हो', उनले भने।
महतोले सबैको लागि शासन र संविधान हुनुपर्ने र बनाउनुपर्ने बताए। ‘अनि पो लोकतन्त्र र गणतन्त्र सबैको लागि हुन्छ। यहाँ त लोकतन्त्र पनि ल्याउने आफ्नै लागि। गणतन्त्र ल्याउने पनि आफ्नै लागि। सबैको लागि नल्याउने। यसरी त कसरी हुन्छ?’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।