• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘बहुराष्ट्र’ले निम्त्याएको बबाल!

64x64
नेपाल लाइभ शनिबार, जेठ २२, २०७८  २२:३९
1140x725

काठमाडौं- शुक्रबार उपप्रधान मन्त्री तथा शहरी विकास मन्त्री बनेका राजेन्द्र महतोले पदभार सम्हालेपछि आफ्ना प्राथमिकताहरु पत्रकारहरुलाई सुनाए- ‘जति दिन सरकारमा रहन्छौँ, आफ्नो माग मुद्दामा समर्पित भएर काम गर्ने। पार्टीको अजेन्डाहरु देशमा एउटा वैकल्पिक शक्ति निर्माण गर्ने, अधिकार पहिचान, सुशासन र समृद्धिका सवालहरु हुन्। त्यसलाई अगाडि बढाउने। बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने।‘

यसका अतिरिक्त उनले विभिन्न सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा पनि सोही विषय दोहोर्‍याएका छन्। शनिबार पनि जनता समाजवादी पार्टी (जसपा)को कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत तथा बधाई कार्यक्रममा सहभागी हुन पुगेका महतोले नेपाल विविधताले भरिएको देश भएकाले बहुल राष्ट्रिय राज्य हुनुपर्ने बताए। ‘नेपाल विविधताले भरिएको देश हो, विभिन्न वर्ग जाति, समूदाय, ४ जात ३६ वर्षको फूलबारी भनेको विविधता हो, बहुलता भनेको त्यही हो,’ महतोले भने, ‘त्यसैले बहुल राष्ट्रिय राज्य हो। नेपाल बहुल राष्ट्रिय राज्य भएकाले यहाँ त्यो अनुसारको नियम कानुन, संविधान व्यवस्था, सहभागिता हुनुपर्छ।’

बहुल/बहु राष्ट्रिय राज्यको विषयमा केही वर्षअघिसम्म निकै बहस/विवाद हुने गरेको थियो। तर, पछिल्ला वर्ष भने यसबारे चर्चा हुन छाडेको थियो। तर, जबजब यो विषय उठ्ने गर्छ, तबतब विवाद हुने गर्छ। अहिले भइरहेको विवाद, खण्डन र आरोप त्यसकै निरन्तरता हो।

संविधान जारी भएपछि चलेको मधेस आन्दोलनमा पनि यो विषयले निकै चर्चा भएको थियो। २०७२ कात्तिकमा आन्दोलनरत मधेसी मोर्चाले राखेको चर्चित ११ बुँदे मागमा पनि यो विषय उल्लेख छ। मागको एघारौँ नम्बर बुँदामा भनिएको थियो- ‘नेपाललाई एकल राष्ट्रिय राज्यको रुपमा नभई बहुराष्ट्रिय राज्यको रुपमा परिभाषित गर्नु पर्ने।‘

आलोचकहरुले यो मागलाई नेपाललाई विभाजनको बिउ रोप्ने छद्म उद्देश्यका साथ यो विषय उठाइने गरेको बताउँछन्। उनीहरु खासगरी दुई राष्ट्रको सिद्धान्तकै जगमा मुहम्मद अली जिन्नाले भारतबाट पाकिस्तान अलग बनाउन सफलता पाएको विषयलाई सन्दर्भको रुपमा अघि सार्छन्।

नेपालको संविधानले बहुराष्ट्रिय राज्यलाई स्वीकार गरेको छैन। संविधानको धारा ३ मा ‘राष्ट्र’लाई परिभाषित गरिएको छ- ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो।‘

नेपाललाई बहुराष्ट्रिय राज्य किन भनिनुपर्ने त? त्यसका लागि यसका पक्षधरहरुको आफ्नै तर्क छ। २०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा प्रकाशित राजपा (त्यतिबेला मन्त्री महतो सोही पार्टीमा थिए) को घोषणापत्रको प्रस्तावनामा उल्लेख व्याख्या यसका समर्थकहरुसँग मिल्दोजुल्दो हुने गर्छ। राजपाको घोषणापत्रमा उल्लेख छ-

‘आजको विश्वमा अधिकांश राज्यहरुमा एकभन्दा बढी राष्ट्रहरु समाहित भएको पाइन्छ। एक राज्य एक राष्ट्र हुनै पर्छ भन्ने धारणा आदर्शवादी भएपनि सधै व्यावहारिक नहुन सक्छ । राज्यले राजनीतिक संरचनाको संकेत गरेको हुन्छ भने राष्ट्रले भौगौलिक, जातीय, भाषिक एवं अन्य सांस्कृतिक समानता भएका समुदायहरुलाई बुझाउने गरेको पाइन्छ। जापान, स्वीडेन, दि नेदरलैन्ड्स आदि देशहरु धेरै अर्थमा एक राज्य र एक राष्ट्र भएका अत्यन्तै थोरै मुलुकहरुमध्ये हुन्। तर अमेरिका, क्यानडा, भारत र विश्वका अन्य अनगिन्ति देशहरु एक राज्य तर अनेक राष्ट्र भएका मुलुकहरु हुन्। यस अर्थमा नेपाल एक बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुराष्ट्रिय देश हो।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालको उच्च हिमाली क्षेत्रमा बस्ने समुदाय र चीनको स्वशासित प्रदेश तिब्बतमा रहेका उस्तै संस्कृति, भाषा र चाल–चलनमा सामीप्यता भएका समुदायहरुको राष्ट्र एकै भए पनि देश फरक रहेको छ। त्यस्तै, भारतको दार्जिलिंग, सिक्किम, आसाम आदिमा बस्ने खस भाषाभाषी होस् वा नेपालमा बस्ने खस भाषाभाषी संस्कृती, विचार एवं चाल–चलनको आधारमा एकै राष्ट्र हुन् तर तिनीहरुको देश फरक छ। यसै गरिकन नेपालको दक्षिणतिरको समथरभूमिमा बस्ने मधेशी, थारु, दलित, जनजाति र मुस्लिम शतप्रतिशत नेपाली हुन् तर ती सामूहिक रुपमा आफैमा एक राष्ट्र पनि हो जसको निश्चित भूगोल, समान जीवन पद्धति, संस्कृति, सभ्यता एवं मनोविज्ञान छ। यो भारत, मरिसस र अन्य देशका समुदायहरुसंग मेल खान पनि सक्छ। तसर्थ, पौराणिक कालदेखिका महर्षि जनक, सीता, गार्गी, याज्ञ्वल्क्य, मैत्रेयी एवं २५०० बर्ष पहिले जन्मेका शान्तिदुत गौतम बुद्ध सबै एकै राष्ट्रका हुन्।‘

एक वर्षअघि राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एक भएर जसपा गठन हुँदाको सहमति-पत्रमा पनि यो विषय उल्लेख गरिएको छ। सहमति-पत्रमा भनिएको छ, 'पहिचानमा आधारित संघीयता, सहभागितामूलक समावेशी लोकतन्त्र, बहुराष्ट्रिय राज्य सुहाउँदो समाजवाद, सामाजिक न्याय, सुशासन, समृद्धि र बहुसांस्कृतिक राष्ट्रवादको विकास गर्न जरुरी छ।'

मन्त्री महतोको विरोध
शुक्रबार मात्रै सार्वजनिक भएको पछिल्लो अभिव्यक्तिको निकै विरोध भइरहेको छ। एमालेको माधव नेपाल पक्षसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुले शनिबार बानेश्वरमा मन्त्री महतोको पुत्ला जलाउने प्रयत्न गर्‍यो। त्यसक्रममा अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामासहित ११ जना पक्राउ परे। त्यस्तै, विभिन्न पार्टीका नेताहरु तथा अन्य सार्वजनिक व्यक्तिहरुले सामाजिक सञ्जाल मार्फत विरोध जनाएका छन्। केही प्रतिनिधिमूलक धारणा यसप्रकार छन्-

पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालले फेसबुकमा लेखेका छन्-
कामचलाउ सरकारका उपप्रधानमन्त्री तथा शहरी बिकास मन्त्री राजेन्द्र महतोले सपथ लिएको केही घण्टा पनि बित्न नपाउँदै नेपाललाई ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति  सुन्दा मलाई आश्चर्यचकित पारेको छ। यो अभिव्यक्ति सोझै राष्ट्रघाती अभिव्यक्ति हो। जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको गैरजिम्मेवार अराजक, विखण्डनकारी र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण र खेदपूर्ण छ।

Xtrem

Xtrem

एमाले उपाध्यक्ष वामदेव गौतमले फेसबुकमा लेखेका छन्-
नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु। नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो। त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ- अनेकौं विशेषता सहित नेपाल राज्य हो। यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो। राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन। नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन। राजेन्द्रजीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ। प्रधानमन्त्री श्री केपी ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चर्य चकित भएको छु।

एमाले सचिव योगेश भट्टराईले फेसबुकमा लेखेका छन्-
पहिलो र दोश्रो संबिधानसभामै असान्दर्भिक भैइसकेको बहु राष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्रीले पुन: उठाए छन्। संकेत राम्रो छैन। देशलाई फेरी द्वन्द्वतिर फर्काउने यस्ता अभिब्यक्तिमाथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यु। संबिधानको धारा ३ ले राष्ट्रको परिभाषा यसरी गरेको छ,  “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायु भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो।” अर्थात बिबिधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता हो।

एमालेकै नेता गाेकर्ण विष्ठले ट्वीटरमा लेखेका छन्-

उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ। जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ।
 

नेकपा (माओवादी) केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ट्वीटरमा लेखेका छन्-

कामचलाउ सरकारको प्रमले अबैधानिक ढङ्गबाट गरेको मन्त्रीपरिषद् पुनर्गठनमा उपप्रधानमन्त्री बनेका राजेन्द्र महतोले बोलेको भाषा जे भएपनि उनको मुक्ति संग्राम सारतत्वमा नेपाललाई बिखण्डन गर्ने होइन भन्ने कुनै अधार छैन। देशभन्दा पद र सत्ता प्यारो ठान्ने कार्यकारी प्रमुखको कारण देश बर्बाद हुँदैछ,बचाऔं ।

 

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले फेसबुकमा लेखेका छन्-
बेलैमा सबै सजग हौँ!

संविधान जलाउनेलाई संविधान र देशको रक्षक बनाएपछि उनीबाट 'बहूल राष्ट्रिय राज्यका लागि मुक्ति आन्दोलनको तयारी गर्ने' अभिव्यक्ति आउनु अचम्मको कुरा होइन!

कमसेकम सरकारको उप-नेतृत्व गर्दा त संविधानको पालना गरौँ! संविधानले नेपाललाई "बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक" भनेको छ। 'बहूल राष्ट्रिय राज्य' भनेको छैन, जुन अत्यन्तै संवेदनशील र विवादित विषय हो।
यही ताल हो भने देश आन्तरिक र वाह्य खतराको बाटोमा उन्मुख देखिन्छ। ढिलो गरि आएको चेतना शिक्षा होइन, पश्चतापमा सीमित हुन्छ। बेलैमा सबै सजग हौँ।

संवैधानिक कानुनका जानकार भीमार्जुन आचार्यले ट्विटरमा लेखेका छन्-
फेरि बहुराष्ट्रको कुरा आयो। संविधानको सपथ लिएको व्यक्तिले यस्तो कुरा नगरिदिए हुने। देशभक्ति किन यति कमजोर हुँदै गएको?

माधव नेपालपक्षका १८ जनसंगठनले संयुक्त अपिल सार्वजनिक गर्दै भनेका छन्-
… यो अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान विरुद्धमा छ। यो अभिव्यक्ति हाम्रो संविधानको प्रस्तावना र संविधानको धारा-३ विपरित छ। संविधानको मर्म विपरित कुनै पनि काम नगर्ने शपथ खाएर संविधानको कार्यान्वयन गर्ने निकायमा पुगेको जिम्मेवार व्यक्तिबाट यस प्रकारको संविधान विरोधी र अराजक अभिव्यक्ति आउनु असाध्यै बिडम्बनापूर्ण छ। तसर्थ, संविधानको मुल मर्म विरुद्धमा आएको यस अभिव्यक्तिको घोर भत्र्सना गर्दै उपप्रधानमन्त्री महतोलाई तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिएर नेपाली जनतासँग माफी माग्न आग्रह गर्दछौं।… (अपिलको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस् )

माधव नेपाल पक्षका १४ स्थायी कमिटी सदस्यले विज्ञप्ति जारी गर्दै भनेका छन्-
… उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जानसाथ विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरि राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ। उपप्रधानमन्त्रीको संविधान विरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौं।… (विस्तृत पढ्न यहाँ क्लिक गर्नुहोस्)
 

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  २२:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले एक सूचना जारी गर्दै मतदानको समय दुई घण्टा थप गरिएको जानकारी दिएको हो । शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश राष्ट्रपति पौडेलले शुक्रबार उक्त अध्यादेश जारी गरेका हुन् । मन्त्रिपरिषद्ले अध्यादेश जारी गर्न सिफारिस गरेपछि राष्ट्रपतिबाट जारी भएक... शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय बैठकले विश्व बैंकसँग भूकम्प विपद् व्यवस्थापन कोषसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ । शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्