• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

साढे पाँच दशक पुरानो गीत बन्यो नेपथ्यको ताजा प्रस्तुति

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ३१, २०७९  २१:००
1140x725

काठमाडौं- कुनै समय संगीतको माध्यमबाट चेतनाको जागरण फैलाउँदै हिँडेका कवि मञ्जुलले आफ्ना लेखनीमा पूर्वी नेपालको डाँडापाखाका प्रेममय भाकाहरु पनि उतारेका थिए।

यसै क्रममा २०२४ सालको एउटा कविता संग्रहमा प्रकाशित उनको गीतलाई नेपथ्य ब्याण्डले शुक्रबारदेखि आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको छ।

मञ्जुलको ‘साइँली मोरीलाई’ पुस्तकमा संग्रहित त्यस रचनाले भन्छ –

‘लेकैको लालीगुराँस, काली काली केशलाई
साइँली मोरीलाई
पाखैको चिसो बतास, डाली डाली फूललाई
साइँली मोरीलाई’

यो शब्द रचना गर्दा मञ्जुल केवल १९ वर्षका थिए। त्यसको निकैपछि मात्र यसले पुस्तकाकारमा सार्वजनिक हुने मौका पायो। त्यही शब्दलाई नेपथ्य ब्याण्डका मुख्य गायक तथा अगुवा अमृत गुरुङले आफ्नै स्वादमा पस्केपछि अब यो ब्याण्डकै ताजा गीत बन्न पुगेको छ।

‘धेरै पहिले यसलाई कविता संग्रहमा पढेको थिएँ। त्यो पुस्तकमा पनि विशेष गरेर यो रचना चाहिँ बारम्बार पढेकाले कण्ठस्थै थियो’, अमृत भन्छन्, ‘मञ्जुल–रामेश दाइहरुले गरेको पदयात्रामा आधारित गीतीयात्रा संस्मरण ‘सम्झनाका पाइलाहरु’का डोब पछ्याउँदै करिब एक दशकअघि म पनि पैदलै पूर्वतर्फ लागेको थिएँ। ओखलढुंगाको गोरेटोमा हिँड्दा हिँड्दै एउटा दृश्यले मलाई यस्तरी रोमाञ्चित बनाइदियो जसले फेरि त्यस पुरानो कविताको सम्झना भयो।’

अमृतका अनुसार त्यसदिन उनी कोषभञ्ज्याङ नाघेर कटुन्जेतर्फ ओह्रालो लाग्दै थिए। त्यतिबेलै बाटोमा भर्खर बिहे गरेर आएको एउटा जोडी भेटिए। हिँड्दा हिँड्दै त्यो जोडी केही छिनको निम्ति अमृतको सहयात्री बन्न पुगेछन्। उनले त्यस जोडीको तस्बिर खिच्न खोजे। तस्बिर खिचाउँदै गर्दा हौसिएका बेहुलाले अचानक श्रीमतीको कुममा हात राखे। बेहुली पहिरनमा रंगीएकी नवविवाहिताको अनुहार त्यसबखत राताम्मे बन्न पुगेको थियो।

‘त्यो दृश्यले मलाई यस्तरी झक्झक्यायो,’ अमृत भन्छन्, ‘मैले कता कता वर्षौं पहिले पढेको मञ्जुल दाइको साइँली मोरी कविता दृश्यमा देखेजस्तो लाग्यो।’त्यसपछि पनि अमृतको पैदलयात्रा निरन्तर अघि बढ्दै गयो।

Ncell 2
Ncell 2
nimb
nimb

‘ती जोडीलाई भेटेको दुई तीन दिनमै म दिक्तेलतर्फ उकालो लाग्दै थिएँ,’ उनी भन्छन्, ‘त्यतिबेलै लालीगुराँसले राताम्मे डाँडामा बसेर मैले मञ्जुल दाइका पुराना शब्दहरुलाई संगीतबद्ध पारेको हुँ।’

अमृतका अनुसार त्यो अन्तरालाई पनि त्यसै यात्राका दौरान खोटाङको निर्मली भञ्ज्याङबाट भोजपुरको चखेवातर्फ उक्लँदै गर्दा बाटोमा पर्ने झरना देखेपछि संगीतवद्ध गरिएको थियो। यसरी दशक अगाडि काठमाडौंबाट पैदल हिँडेरै पूर्वी पहाडी कुना संखुवासभा पुग्दा अमृतले तयार पारेको यो गीत एकपटक कन्सर्टमा पनि प्रस्तुत भइसकेको छ। केही महिनाअघि मात्र नयाँ वर्षको दिन दमकमा आयोजित नेपथ्यको कन्सर्टमा यसलाई ब्याण्डले गाएर सुनाएको थियो। 

‘समाज परिवर्तनको मुख्य चाहना बोकेर गाउँ गाउँ डुल्ने गरेता पनि मेरो मनमा लोकगीतले गहिरो प्रभाव जमाएको थियो,’ यस गीतकाबारे श्रष्टा मञ्जुल भन्छन्, ‘त्यही भावनाले उतिबेला यी शब्दहरु कोरिएका हुन्।’

नेपथ्यले तयार पारेको यो गीतलाई सुनेर आफू आनन्दित भएको प्रतिक्रिया मञ्जुलले दिए। ‘अमृत भाइले आफ्नै शैलीको छाप सहित यसलाई तयार पारेर प्रस्तुत गरेका छन्,’ उनले अगाडि भने, ‘यसको आफ्नै मिठास छ।’

Xtrem

Xtrem

नेपथ्य ब्याण्डलाई प्रवर्द्धन गर्दै आएको ‘नेपालय’का अनुसार स्थापनाको तीन दशक पूरा गरिसकेको यस ब्याण्डका हालसम्म नौ वटा एल्बम श्रोतासमक्ष प्रस्तुत भइसकेका छन्। यो गीत भने निकट भविष्यमै पूर्ण हुने तयारीमा रहेको दशौं एल्बमको नवौं प्रस्तुति हो। यसका आठवटा गीत युट्युबमा उपलब्ध भइसकेका छन्।

‘थोरै सन्तानमा सीमित हुँदै गएको नेपाली पारिवारिक संरचनामा अब साइँला र साइँलीजस्ता शब्दहरु क्रमशः लोपोन्मुख भएका छन्,’ नेपालयका टोली प्रमुख किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसरी एउटा कालखण्डको बेग्लै सामाजिक संरचना पनि उभ्याउने स्वाद यो गीतको थप विशेषता बनेको देखिन्छ।’

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  २१:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित]
कृष्णभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले... आइतबार, असोज ४, २०८३
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] सोमबार, असोज १२, २०८३
कृष्णभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा सोमबार, असोज १२, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ सोमबार, असोज १२, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी सोमबार, असोज १२, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्