गुल्मी- नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेश अध्यक्षमा खिलध्वज पन्थी निर्विरोध चयन भएका छन्। भैरहवामा सम्पन्न लुम्बिनी प्रदेशका नगर प्रमुखहरुको भेलाले पन्थीलाई अध्यक्षमा चयन गरेको हो।
पन्थी रेसुङ्गा नगरपालिकाका नगर प्रमुख हुन्। उनकाे नेतृत्वमा १५ सदस्यीय समिति गठन भएकाे छ।
भेलाले सबै नगरपालिकाको प्रतिनिधत्व हुने गरी समिति चयन गर्ने नीति पारित गरेकाे छ। लुम्बिनी प्रदेशका १२ जिल्लामा १०९ स्थानीय तहमध्ये ४ उपमहानगर र ३२ नगरपालिका गरी ३६ नगरहरु संघ अन्तर्गत रहेका छन्।
नवनिर्वाचित पन्थीले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । पन्थी नेपाली कांग्रेस गुल्मीका सभापति समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।