काठमाडौं- भारतका विदेश मन्त्री एस जयशंकर र भारत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौडेलबीच बुधबार भेटवार्ता भएको छ।
विदेश सचिव विनय मोहन क्वात्राको निमन्त्रणामा मंगलबार दिल्ली पुगेका पौडेल बिहीबार स्वदेश फर्किँदैछन्। मन्त्री जयशंकर र सचिव पौडेलबीच द्विपक्षीय र सहकार्यका विषयमा छलफल भएको भारतस्थित नेपाली राजदूतावासले बताएको छ।
‘परराष्ट्र मन्त्री एस जयशंकर र सचिव पौडेलबीचको भेटमा द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ,’ भेटपछि जारी गरेको विज्ञिप्तिमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।