१. महाभियोग सिफारिस समितिद्वारा बार पदाधिकारी, अधिवक्ता र पूर्वप्रधानन्यायाधीशहरुलाई बोलाउने निर्णय, क-कसलाई बोलाउने भन्नेबारे नाम संकलन हुँदै, बहालवाला न्यायाधीशलाई पनि बोलाइने । (महाभियोग सिफारिस समितिको निर्णय)
२. सत्य पत्ता लगाउने र मेलमिलाप वातावरणका लागि विस्तृत शान्ति–सम्झौता भएको प्रचण्डको भनाइ, गिरिजाप्रसाद कोइरालाले यो विषयमा फेरि छानबिन नगरेर संविधानमै उल्लेख गर्नुपर्नेमा बताएको स्मरण । (प्रचण्डको दाबी)
३. चोलेन्द्रको बयानप्रति पूर्वन्यायाधीश फोरमको खेद, संसद् सकिएपछि पनि महाभियोग बाँकी रहने दावी, आगामी संसद्ले स्वामित्व लिएर निष्कर्षमा पुग्नुपर्नेमा जोड । (चोलेन्द्रको बयानमा पूर्वन्यायाधीशहरूको आपत्ति)
४. रुसले विदेशमा हस्तक्षेप गर्न गुप्त रूपमा २४ बढी देशमा ३० करोड डलर खर्च गरेको अमेरिकी आरोप, त्यो ‘एउटा ठूलो कुराको सानो झलक’ भएको हुनसक्ने आकलन । (रुसमाथि अमेरिकी आरोप)
५. र, नेपाल टी–ट्वान्टी लिगको पहिलो संस्करण तोकिएको समयमा नहुने सम्भावना बढ्यो, विदेशी खेलाडीको श्रम स्वीकृति लगायतका काममा ढिलाई हुँदा प्रतियोगिताको मिति सर्न सक्ने । (नेपाल टी–ट्वान्टी लिग सर्न सक्ने)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।