काठमाडौं- वाणिज्य बैंकहरुको निक्षेप संकलनमा केहि सुधार देखिन थालेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार उनीहरुकाे निक्षेपमा सुधार आएकाे हाे।
राष्ट्र बैंकको तथ्यांक अनुसार सोमबारको तुलनामा मंगलबार निक्षेप ७ अर्बले बढेको छ।
निक्षेपमा सुधार भएपनि बैंकले गर्ने कर्जा लगानी भने स्थिर नै देखिएको छ। अहिले बाणिज्य बैंकहरुको कूल निक्षेप ४४ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ। कर्जा लगानी ४१ खर्ब ८२ अर्ब रुपैयाँ छ।
बुधबार बैंकहरुले स्थायी तरलता सुविधा बापतको सापटी पनि अन्य दिनको तुलनामा कम प्रयोग गरेका राष्ट्र बैंकले जनाएको छ।
मंगलबार ३० अर्ब ९१ करोड स्थायी तरलता सुविधा प्रयोग गरेका बैंकहरुले बुधबार २९ अर्ब ८३ करोड रुपैयाँ यस्तो सुविधा प्रयोग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।