काठमाडौं– दिवंगत बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन नेपालको तर्फबाट परराष्ट्रमन्त्री नारायण खड्का बेलायत जाने भएका छन्।
परराष्ट्र स्रोतले दिएको जानकारी अनुसार आउँदो साेमबार असोज ३ गते (सेप्टेम्बर १९) लण्डनमा हुने महारानीको अन्त्येष्टिमा मन्त्री खड्का सहभागी हुनेछन्।
नेपालको पहिलो दैत्य सम्बन्ध कायम भएको मुलुक बेलायतकी महारानीको निधन भएपछि नेपाल सरकारले शोक व्यक्त गर्दै तीन दिन राष्ट्रिय झण्डा आधा झुकाएको थियो।
७० बर्ष शासन गरेकी महारानी बेलायतकाे इतिहासमै लामो समय शासन गर्ने शासकमा पर्छिन्। महारानीको निधन भएसँगै उनका जेठा छोरा, प्रिन्स चार्ल्स, नयाँ राजा बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।