• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस ५, २०८२ Sat, Dec 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दलित समुदायको मानव अधिकार जोखिममा रहेकाे निष्कर्ष

64x64
नेपाल लाइभ बुधबार, भदौ २९, २०७९  १६:०१
1140x725

काठमाडौंऔ  नेपालमा दलित समुदायका मानिसहरूमाथि जातकै आधारमा हुने हिंसा र भेदभाव बढ्दो रहेको भन्दै चिन्ता व्यक्त भएको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय दलित विभागले समता फाउण्डेसनसँगको सहकार्यमा आयोजित ‘दलित मानव अधिकार पुस्तक २०७८’ सार्वजनिक र मानव अधिकार सुनिश्चितताका लागि सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रियामा सहभागीहरुले दलित  समुदायको मानव अधिकार जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

कार्यक्रममा समता फाउण्डेसनद्वारा दलित समुदायको ०७८ सालको मानव अधिकारको अवस्थाबारेको अध्ययन प्रतिवेदन ‘दलित मानव अधिकार पुस्तक-२०७८’ सार्वजनिक गरिएको छ । सो प्रतिवेदनले ०७८ सालमा जातकै आधारमा विभिन्न प्रकृतिका ८८ वटा मानव अधिकार उल्लंघनका घटना भएको देखाएको छ । सो वर्ष जातीय भेदभावकै आधारमा ५ जनाको हत्या भएको छ भने २५ जना दलित महिला, किशोरीहरूमाथि जबरजस्ती करणी भएको छ । 

त्यस्तै, हत्या प्रयास १, हिरासतमा मृत्यु १, आत्महत्या दुरुत्साहन ७, जबरजस्ती करणी प्रयास ७, यौन दुर्व्यवहार ३, सामाजिक सञ्जालबाट गालीगलौज १, कोठा दिन इन्कार १, वनभोजमा विभेद १, मन्दिरमा विभेद १, खानेपानीमा विभेद १, दूध, घिउ खरिदमा निषेध १, क्यान्टिनबाट निकाला १, ऋण तिर्न नसक्दा कुटपिट १, अन्तरजातीय प्रेम र विवाहसम्बन्धी ११ लगायत छन् । 

दलित समुदायमाथि जातकै आधारमा हुने अत्याचारका घटना दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको, तर त्यस्ता घटना बाहिर नआई राजनीतिक दबाब, आर्थिक प्रलोभन र लेनदेनमा मिलापत्र, पीडितको असुरक्षा, कानुनी ज्ञानको अभाव र भौगोलिक जटिलता जस्ता कारणले बाहिर नआउने गरेको प्रतिवेदनको निष्कर्ष छ । 

प्रतिवेदनका अनुसार ८८ मध्ये १० वटा घटनामा मात्रै जिल्ला अदालतहरूबाट कानुनी उपचार भएको छ । त्यसमध्ये पनि तीन वटा मुद्धामा मात्रै दोषी उपर सजाय भएको छ, बाँकीले सफाई पाएका छन् । हाल ३४ वटा मुद्धा अदालतमा विचाराधीन छन् भने प्रतिवादी फरार हुँदा १९ वटा मुद्धा प्रहरी कार्यालयनमै थन्किएका छन् । १३ वटा मुद्दामा भने कानुनी प्रक्रिया नै अघि बढेको छैन । १२ वटा मुद्दा भने मिलापत्रमा टुंग्याइएको छ । वर्तमान कानुनअनुसार जातीय विभेद र छुवाछुतका मुद्दा सामाजिक अपराध र सरकारवादी मुद्दा हुन् । तर, अनुसन्धान अधिकारीको लापरबाहीका कारण पीडितले न्याय पाउन सकेका छैनन् । 

प्रतिवेदनअनुसार जातकै आधारमा हुने अपराधमा दोषीलाई उन्मुक्ति दिन र घटनाहरूलाई लुकाउन राजनीतिक दबाब, आर्थिक लेनदेनका आधारमा मिलापत्र, पीडितको असुरक्षा, कानुनी ज्ञानको अभाव, भौगोलिक जटिलता, माफी तथा कानुन कार्यान्वन गर्ने निकायहरूको न्यून तदारुकता लगायत प्रमुख कारण छन् । 

कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य एवं प्रवक्ता सुन्दर पुर्कुटीले दलित समुदायमाथि विभिन्न बाहानामा हिंसा भइरहेको भन्दै त्यसप्रति राज्यका निकाय संवेदनशील हुनुपर्ने बताए। आयोगले विशेषगरी उजुरी परेका र सञ्चारमाध्यममा आएका समाचारलाई सत्यतथ्य छानविन गरी घटनाको अध्ययन गरी दोषीमाथि कारबाही गर्न सिफारिस गर्दै आएको बताए ।

Ncell 2
Ncell 2

‘पीडितलाई न्याय दिलाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुन्छ । सञ्चारमाध्यमले दलितको हक अधिकार र न्यायका लागि विध्यमान कानुन कार्यान्वयन गर्न सरकारलाई दवाव दिन सक्छन्,’ उनले भने।

प्रवक्ता पुर्कुटीले अझैपनि दलित समुदायका व्यक्तिमाथि घर मन्दिर, पँधेरो र सामाजिक गतिविधिका ढोका बन्द नै रहनु दुःखद भएको बताए । उनले मानवताविरोधी यस्तो सामाजिक अवस्थालाई मुक्त गर्न सरकारले पहल लिनुपर्नेमा त्यसकालागि आयोगबाट सिफारिसहरूको कार्यान्वयन समेत हुन नसकिरहेको भन्दै चिन्ता व्यक्त गरे।

उनकाअनुसार आयोगमा आर्थिक वर्ष ०७७/०७८ मा ३६ वटा घटना दर्ता भएका छन् भने आर्थिक वर्ष ०७८/०७९ मा ५३ वटा घटना दर्ता भएका छन् । 

राष्ट्रिय महिला आयोगकी प्रवक्ता चमिला भट्टराइले दलितमाथि हुने धेरैजसो हिंसाका घटनामा उनीहरुको आर्थिक अवस्था जोडिने हुँदा दलित समुदायलाई आर्थिक रुपमा समुन्नत बनाउनुपर्ने धारणा राखे।

नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चारमाध्यममा प्रकाशित विषयवस्तुले समाजमा धेरै प्रभाव पार्ने भन्दै दलित समुदायका विषयवस्तुलाई सञ्चारमाध्यमले पर्याप्त स्थान दिनुपर्ने बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा विगतको तुलनामा दलित समुदायका पत्रकारको संख्या बढिरहेको भन्दै दलित समुदायका विषयवस्तुलाई पत्रकारले नै प्राथमिकतामा राखेर समाचार लेख्नुपर्ने बताए। 

उनले दलित समुदायका पत्रकारहरु समेत सञ्चार माध्यमको नेतृत्व तहमा जान आवश्यक रहेको भन्दै त्यसका लागि क्षमता अभिवृद्धि तालिम लगायतमा महासंघ निरन्तर लागिरहेको बताए। 

महासंघका महासचिव रोसन पुरीले नेपाल पत्रकार महासंघले महासंघका सबै तहमा समानुपातिक सहभागिताका लागि विधानमै सुनिश्चित गरेको बताए। ‘दलित समुदायका नाममा हुने अत्याचार मानवता विरोधी हुन्, त्यस्तो सामाजिक समस्यालाई निराकरण गर्न सबै एकजुट हुनुपर्ने हुन्छ,’ महासचिव पुरीले भने, ’त्यसका लागि मिडियाले यस्ता विषयलाई थप प्राथमिकता दिएर लेख्न आवश्यक छ ।’ उनले नागरिक अगुवा संस्था पत्रकार महासंघमा समेत दलित, महिला लगायत उत्पीडित वर्गको प्रतिनिधित्व बढेर गएको, पर्याप्त नभएको भन्दै त्यसलाई बढाउन महासंघले विभिन्न प्रयासहरू गरिरहेको बताए।

समता फाउण्डेशनका अध्यक्ष प्रदिप परियारले राज्यलाई थप जिम्मेवार बनाउन र दलित समुदायको न्यायका लागि उनिहरुमाथि भएका हिंसाका घटना अभिलेख गरी प्रकाशन गरिएको बताए।

महासंघका सचिव एवं केन्द्रीय दलित विभागका संयोजक हेमकर्ण विकले महासंघले सबै प्रकारका हिंसा र विभेदहरूका विरुद्ध प्रयास गरिरहेको भन्दै दलित समुदायको अधिकार सुनिश्चिताका लागि समेत सञ्चार क्षेत्रबाट पहल हुनुपर्ने बताए ।

अधिवक्ता एवं अनुसन्धानकर्ता प्रकाश नेपालीले दलित समुदायको मानवअधिकार लगायत विभिन्न हिंसाका घटनाको अध्ययन गरी उनीहरुको न्यायका लागि दवाव सिर्जना गर्न पुस्तक महत्वपूर्ण हुने बताए। 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १६:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सुरु
रवि लामिछानेले भने- चितवनले मलाई होइन, देशलाई न्याय गर्नेछ
मधेसमा रामआशिष यादवलाई सभामुख बनाउने सहमति
सम्बन्धित सामग्री
यी दुई प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो रहनेछ देशभरको मौसम आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ  । शनिबार, पुस ५, २०८२
गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो गुल्मी रेसुङ्गा नगरपालिका–४ स्थित पनाहा खोलामा मङ्सिर २० गते भेटिएको शव रेसुङ्गा नगरपालिका–१ निवासी ३४ वर्षीय मनोज पोखरेलको भएको जिल... शुक्रबार, पुस ४, २०८२
६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६० जना सहसचिवको सरुवा गरेको हो। शुक्रबार, पुस ४, २०८२
ताजा समाचारसबै
नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सुरु शनिबार, पुस ५, २०८२
रवि लामिछानेले भने- चितवनले मलाई होइन, देशलाई न्याय गर्नेछ शनिबार, पुस ५, २०८२
मधेसमा रामआशिष यादवलाई सभामुख बनाउने सहमति शनिबार, पुस ५, २०८२
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि मापदण्ड: यौन उत्पीडनमा संलग्न अयोग्य, जेनजी अनिवार्य शनिबार, पुस ५, २०८२
सिराहामा ब्राउन सुगरसहित ४ जना युवक पक्राउ शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रुपन्देहीमा १७ वर्षीय किशोरको वीभत्स हत्या, नालीमा भेटियो शव शुक्रबार, पुस ४, २०८२
६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) शुक्रबार, पुस ४, २०८२
देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए शुक्रबार, पुस ४, २०८२
रिहाइपछि रविको प्रतिक्रिया- अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ शुक्रबार, पुस ४, २०८२
भोलि भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान शुक्रबार, पुस ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्