काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले देशका सबै नेता र कर्मचारी भ्रष्टाचारी नभएको बताएका छन्।
आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कांग्रेस नेता पौडेलले देशका सबै नेता तथा कर्मचारी भ्रष्टाचारी नभएको उल्लेख गरेका हुन्।
पौडेलले भनेका छन्, 'देशका सबै नेता वा सबै कर्मचारी भ्रष्टाचारी वा अनैतिक छैनन्। तसर्थ, सबैलाई एकै डालोमा हालेर हेर्नु न्यायसंगत हुँदैन।'
उनले जबसम्म जनताले सुशासनको अनुभूति गर्न सक्दैनन् तबसम्म सामाजिक न्याय सम्भव नभएको समेत उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।