काठमाडौं- दिल्ली भ्रमणमा रहेका नेपालका परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय समकक्षी विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ।
दुई देशका सचिवबीच मंगलबार भेट भएको सचिव क्वात्राको सचिवालयले जानकारी दिएको छ।
उक्त भेटवार्तामा दुई समकक्षीबीच द्विपक्षीय हितका विषयमा छलफल भएको र राजनीतिक नेतृत्वले तय गरेको भिजन बमोजिम नेपाल-भारतको सम्बन्धलाई सकारात्मक गतिमा अघि बढाउने विषयमा समझदारी बनेको उल्लेख गरिएको छ।
तीन दिने भ्रमणका लागि मंगलबार दिल्ली पुगेका पौडेल बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।