काठमाडौं– चुनावको पूर्वसन्ध्यामा सरकारले केन्द्रिय निर्वाचन सेल प्रमुख एआइजी सहकुलबहादुर थापाको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई सरुवा गरेको हो।
कार्य विभागको प्रमुख रहेका थापा केन्द्रीय निर्वाचन सेल प्रमुख थिए। थापाकै कमाण्डमा आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको सुरक्षा तयारी भइरहेको थियो।
एमाले निकट भनेर चिनिएका थापालाई सरकारले कार्य विभागबाट सरुवा गरेर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान (एकेडेमी) महाराजगञ्जमा सरुवा गरेको हो। एकेडेमीमा कार्यरत रहेका एआइजी मुकुन्दराज आचार्य केही दिनअघि मात्रै उमेर हदका कारण अवकाशमा गएपछि एकेडेमी एआईजीविहीन थियो।
थापाको सरुवा भएसँगै निर्वाचन सेलको कमाण्ड कार्य विभागका डिआइजी वसन्त कुवरले गर्नेछन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख रहेकै बेला एसएसपीबाट पहिलो नम्बरमा कुवर डिआइजी बढुवा भएर कार्य विभागमा पदस्थापन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।