काठमाडौं– काठमाडौं महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ नियुक्त गरिएको छ।
महानगर प्रमुख बालेन्द्र शाहले मंगलबार श्रेष्ठलाई ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको महानगरका विभागीय प्रमुख महेशकुमार काफ्ले जानकारी दिएका छन्।
ज्ञानेश्वर घर भएका श्रेष्ठ पूर्व प्रहरी उपरीक्षक समेत हुन्। उनले उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको रुपमा काम गरिसकेका छन्।
उनलाई प्रहरी व्यवस्थापन, सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलगायत विषयमा विज्ञकाे रुपमा लिइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।