धनगढी– आयुर्वेद व्यवसायी संघ सुदूरपश्चिम प्रदेशकाे मंगलबार भएको प्रदेश साधारण सभाबाट दीपक गौतमलाई अध्यक्षमा चयन गरेको छ । उनको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
साधारण सभा तथा अधिवेशनबाट संघको उपाध्यक्षमा तिर्थराज कलौनी, महिला उपाध्यक्षमा मेनुका मिश्र, सचिवमा नवराज खनाल, सह-सचिवमा ठक्कर बोकटी, कोषाध्यक्षमा डम्मरी पनेरु चयन भएका छन ।
यस्तै, सदस्यमा रमेश पाण्डेय, बसन्तबहादुर धामी, शेषकान्त राना, विनोद बन्जाडे, हरिद्वारी कठरिया, गौतम ऐर, कासीराम डंगौरा, धु्रवबहादुर विष्ट र दिनेशकुमार खडका चयन भएका छन ।
संघको सल्लाहकारमा प्रदेश आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक डाक्टर खगेन्द्र बम, दीपकराज पन्त र डाक्टर दुर्गाप्रसाद ढुङ्गाना चयन भएका छन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।