बेलायत– लोकप्रिय सारंगी वादक हेमन्त कान्छा रसाइलीको एकल सारङ्गी साँझ भएको छ। गायक, गीतकार तथा संगीतकारसमेत रहेका रसाइलीको एकल सारङ्गी साँझ अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको हो।
गैरआवासीय नेपाली संघ एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरको प्रमुख आतिथ्यतामा रसाइलीको एकल साँझको आयोजना गरिएको हो।
मोना यूकेको निमन्त्रणामा बेलायत भ्रमणमा रहेका रसाइलीको त्यही क्रममा सारङ्गी साँझको आयोजना गरिएको हो। रसाइलीले हालसम्म १२ हजारभन्दा बढी गीतहरुमा सारंगीका धुन रेकर्ड गरिसकेका छन् भने ४ दर्जनभन्दा बढी गीतहरुमा स्वर, संगीत भरिसकेका छन्।
रसाइलीको कार्यक्रम हेर्न ठूलो संख्यामा बेलायतमा रहेका नेपालीहरु पुगेका थिए।
काँचो सुन्तला, कैले तिम्रो बन्न सकिनँ,पराइ ठानेपछि, लगायतका दर्जनबढी हिट गीतका सर्जक समेत रहेका रसाइलीलाई सारङ्गी साँझमा गीता पाइजा, बिमला श्रीसले साथ दिएका थिए।
उनलाई वाद्यवादनतर्फ मिन गुरुङ मादलमा, देनेश गुरुङ बाँसुरीमा, कुमार गुरुङ हार्मोनियममा, दिप्सन बिक गितारमा, बिलन थापा अक्टोप्याडमा, तुलसी राना मादलमा र रेशम पाचयले ढोलक तबलामा साथ दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।