काठमाडौं– बाग्मती प्रदेश सरकारले प्रदेशभित्र बोलिने तामाङ र नेवारी भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन प्रक्रिया थालेको छ। यसका लागि सरकारले प्रदेशका प्रमुख सचिवको नेतृत्वमा एक समिति गठन गरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेलले जानकारी दिए।
उनका अनुसार समितिका सदस्यहरूमा सामाजिक विकास मन्त्रालयका सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव एवं आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहेका छन्। समितिले अध्ययन गरेर उपलब्ध गराउने प्रतिवेदनका आधारमा आवश्यक ऐन आदि निर्माण गरेर कामकाजको भाषा लागू गरिने मन्त्री जमरकट्टेलले बताए।
उनका अनुसार प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशभित्र नेपाली भाषासहित नेवारी र तामाङ भाषालाई कामकाजको भाषा बनाउने प्रक्रिया अगाडि बढाउने निर्णय गरको थियो। “यो हाम्रो पहिलेदेखिकै माग थियो, त्यसलाई कार्यान्वयनमा लान थालिएको हो”, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।