काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेकी आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीविरुद्ध आयोगले जरिवाना र कैद मागसहित मुद्दा दायर गरेको हो।
आयोगले जारी गरेको विज्ञप्ति अनुसार प्रधान घुससहित साउन १८ गते पक्राउ परेकी थिइन्। उनले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटेको टोलीले नियन्त्रणमा लिएको थियो।
आयोगले जारी गरेको विज्ञप्ति अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम जरिवाना र कैद सजाय हुन माग दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।