काठमाडौं– न्यायको माग गर्दै काठमाडौं आएका मिटरब्याजी पीडित र प्रहरीबीच कीर्तिपुरमा झडप भएको छ। ४१ दिनदेखि कीर्तिपुरमा अस्थायी रुपमा बस्दै मिटरब्याजी पीडितहरु आन्दोलनका लागि माइतीघर मण्डलामा आउने गर्दथे।
सोमबार न्यायको माग गर्दै विभिन्न किसिमका पर्चा, पम्पलेट बोकेर नाराजुलुस गरिरहेका मिटरब्याजी पीडितलाई कीर्तिपुरको गेटमा प्रहरीले रोकेपछि झडप भएको हो।

प्रहरीको लाठ्ठी चार्जबाट केही प्रदर्शनकारी घाइते भएका पीडितहरुले जनाएका छन्। सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै पीडितहरु आक्रोशित बनेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।