काठमाडौं– माइतीघर मण्डलामा लामो समयदेखि धर्नामा बस्दै आएका नवलपरासीका मिटरब्याजी पीडित किसानलाई रोक्न प्रहरी टोली उनीहरु बस्दै आएको टहरामै पुगेको छ।
आफूहरुको माग सम्बोधन नभएसम्म घर नफर्किने अडान लिँदै आएका मिटरब्याजी पीडितहरु कीर्तिपुरमा टहरा बनाएर बस्दै आएका छन्। सोमबार बिहान धर्ना बस्न माइतीघर हिँड्न लागेका बेला प्रहरी टोली पुगेर आफूहरुलाई रोकेको मिटरब्याजी पीडित संघर्ष समितीका सदस्य निर्ग नविनले जानकारी दिएका छन्।
उनी भन्छन्, 'चीनबाट भीआईपी आउँदैछन्। आज आन्दोलनमा नजानुहोस् भन्नुभयो।' पीडित किसानको आन्दोलन बिथोल्न राज्यले नै दमन गरेको निर्गले आरोप लगाए।

उनीहरु पहिलो पटक १४ दिन धर्ना बसेर घर फर्केका थिए। दोस्रो पटकअन्तर्गत आज (सोमबार) ४१ औँ दिनसम्म निरन्तर माइतीघरमा धर्ना दिँदै आएका छन्। तमसुक फिर्ता, जग्गा फुकुवा, ठगिएको पैसा फिर्ता जस्ता माग राख्दै उनीहरुले धर्ना दिँदै आएका छन्। योभन्दा पहिला उनीहरु गौशला बसपार्कमा बस्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।