• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दार्चुला बाढी-पहिरो घटना : बेपत्ता १० जना अझै सम्पर्कविहीन

64x64
नेपाल लाइभ आइतबार, भदौ २६, २०७९  २२:२९
1140x725

धनगढी– दार्चुलामा अविरल वर्षापछि आएको बाढी पहिरोमा परी बेपत्ता भएका १० जना आइतबारसम्म फेला परेका छैनन्। शनिबार बिहानैदेखि बाढी तथा पहिरोमा परी बेपत्ता भएका १० जना अझै सम्पर्कविहीन व्यक्तिहरुको खोजी कार्य जारी रहेको छ।

बाढी र पहिरोमा परी वेपत्ता भएका नौगाड गाउँपालिका वडा नं. १ का ३५ वर्षीया चिमडी ठगुन्ना, सोही ठाउँका १५ वर्षीया महामरी ठगुन्ना, नौगाड गाउँपालिका–२ दल्लेकका ४० वर्षीय मनीराम लुहार, महाकाली नगरपालिका–४ का ४५ वर्षीय मोहन लुहार, सोही ठाउँकी ४० वर्षीया सरस्वती लुहार, महाकाली नगरपालिका–३ डुङरीका ५५ वर्षीय धन सिंह कार्की, उनका जेठा छोरा २० वर्षीय दिपक कार्की, १२ वर्षीय कान्छा छोरा दिनेश कार्की र महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षीया मानमती साहुको खोजी कार्य भरहेको छ।

बाढी पहिरो प्रभावितहरुको खोजी र उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै नेपाल रेडक्रम, स्थानीय र राजनीतिक दलहरुले सक्रियतापूर्वक काम गरिरहेको भएपनि खोलाको बहावमा कमी नआउँदा बेपत्ता व्यक्तिहरु फेला पर्न नसकेको नगर प्रमुख नरसिंह चैंसिरले बताए।

यस्तै, बाढीले लास्कु खोलाको मोटरेवल पुल र झोलुङ्गे पुल बगाउँदा दुहु र महाकालीको सम्पर्क टुटेको छ। जसका कारण आवतजावत ठप्प भएको छ। आवतजावतका लागि लास्कु खोलामा तल्कालका लागि अस्थायी काठेपुल निर्माण गर्ने भएको छ।

आइतबार विहान नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू, सुदूरपश्चिम प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री मानबहादुर धामीको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा बसेको विपद व्यवस्थापन खोज, उद्वार तथा राहतसँग सम्बन्धित कलष्टरहरुको बैठकले विभिन्न निर्णय अन्तरगत लास्कु खोलामा अस्थायी काठेपुल निर्माण गर्ने निर्णय गरेको हो। 

सोही अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीयहरुले नदी किनारमा तारजाली लगाउँदै अस्थायी पुल निर्माण गरिरहेका छन्।

यस्तै बांगाबगर क्षेत्रमा खोलाको कटानले क्षति हुन नदिन तारजाली भर्ने काम भइरहेको छ। लास्कु खोला क्षेत्रमा थप कटान हुन नदिन जिल्ला स्थित जलश्रोत तथा सिचाई डिभिजन कार्यालय र महाकाली नदी नियन्त्रण आयोजना कार्यालयको प्राविधिक सहयोगमा जिल्लास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट अस्थायी तटबन्ध निर्माणको कार्य प्रारम्भ गर्ने पनि निर्णय भएको छ। 

महाकाली नगरपालिका–१ को कलौन र छापरी तथा वडा नं. ४ बांगाबगर क्षेत्र जोड्ने काठेपुल निर्माणको कार्य गर्न जिल्लास्थित नेपाली सेनाको गुरु गोरख गुल्मबाट सुरक्षाकर्मी तत्काल परिचालन गरी निर्माण कार्य गर्ने निर्णय गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

मनसुनजन्य अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विपद् पीडित परिवारलाई जिल्ला विपद् व्यस्थापन समिति दार्चुलाको समन्वयमा केयर नेपालको आर्थिक सहयोगमा युनिसेफ र सामुदायिक ग्रामिण विकास समाज नेपाल, निड्स कञ्चनपुरद्वारा दार्चुला बाढीबाट प्रभावित परिवारहरुलाई आपतकालीन राहत सामाग्री वितरण गर्ने निर्णय पनि गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।

खोलाको धार परिवर्तन गरिँदै
दार्चुलाको महाकाली नगरपालिकामा रहेको लास्कु खोलाको धार परिवर्तन गर्न लागिएको छ। शुक्रबार राती अचानक परेको वर्षाका कारण बंगाबगड बस्ती जोखिममा परेपछि खोलाको धार परिवर्तन गरिन लागेको हो।

आइतबार बिहानैदेखि नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको टोलीले जोखिममा रहेका घरहरुलाई सुरक्षित बनाउन ग्याविन तारजालीसहितको अस्थायी तटबन्धन गरी खोलाको धार परिवर्तन गराउन खटिएका छन्।

दार्चुला प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बस्तीमा थप क्षति हुन नदिन बिहानैदेखि सुरक्षाकर्मीहरु परिचालन गरिएको बताए। उनले भने- ‘वर्षा केही मात्रामा रोकिएको भएपनि खोलाको बहाव भने नियन्त्रणमा आउन सकेको छैन। त्यसैले बस्तीमा क्षति हुन नदिन खोलाको धार परिवर्तन गरिन लागेको हो।’ उनले खोलाको धार परिवर्तन नभएमा थप २० घर जोखिममा रहेको बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले केही सुरक्षाकर्मीहरु खोलाको धार परिवर्तन गर्नमा खटिएका छन भने केही बेपत्ता भएका व्यक्तिहरुको खोजी कार्यमा जुटेको बताए। उनका अनुसार शुक्रबार राति परेको एक्कासीको वर्षाले जनधनको क्षति हुनुका साथै १० जना बेपत्ता भएको छन। बेपत्ता भएका व्यक्तिहरुलाई सुरक्षाकर्मीहरुले फेला पार्न सकेका छैनन्।

उनले सो खोलाबाट बगेको माटो, ढुङ्गा लगायतका कारण महाकाली नदी पनि थुनिन पुगेको बताउँदै –‘वर्षा रोकिएकोले महाकाली बहाव नियन्त्रणमा छ। थप वर्षा भए जोखिम नहोला भन्न सकिँदैन। त्यसैले जतिसक्यो क्षति हुन नदिने प्रयास प्रशासनबाट भइरहेको छ।’ 

महाकाली नगरपालिकाका नगर प्रमुख नरसिंह चैंसिरले खोलाको बहावमा नियन्त्रण हुन नसक्दा खोज, उद्धारका काम प्रभावित भइरहेको बताए। उनले भने –‘खोलाको बहावका कारण बस्तीका २० घर जोखिममा रहेका छन। महाकालीको बहाव बढेमा अन्य बस्ती पनि जोखिम पर्ने देखिन्छ।’ 

उनले पहिरोका कारण केही बस्तीसँगको सम्बन्ध विच्छेद भएको बताए। उनले भने, ‘सम्बन्ध विच्छेद भएका बस्तीहरुमा खाद्यान्न, आवास लगायतको समस्या भइरहेको छ। त्यसक्षेत्रमा डोरीको प्रयोग गरी खाद्यान्न ढुवानी गर्ने काम भइरहेको छ।’ उनले संघीय सरकारले हेलिकोप्टरमार्फत सम्बन्ध विच्छेद भएका बस्तीहरुमा राहतका प्याकेज यथाशीघ्र पुर्‍याउनुपर्ने बताए। 

बाढी र पहिरोका कारण दार्चुलाको सदरमुकाम खलंगामा खानेपानीको अभाव भएको छ। खानेपानी लाइनमा बाढी–पहिरोले क्षति पुर्‍याएपछि खलंगामा पानी आउन छोडेको छ। लास्कु जलाधारमा ठूलो पानी परेपछि खसेको पहिरोले नदी थुनिएर वा ग्रेगान बहाव भई आएकाे कटानले ठूलो बाढीको रुप लिएको हुनसक्ने अनुमान छ। 

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले सम्बन्ध विच्छेद भएका वस्तीहरुमा राहात ढुवानी गर्नका लागि संघीय सरकारसँग समन्वय भइरहेको बताए। उनले भने, ‘विपद प्रभावित परिवारलाई कुनैपनि आवश्यकताको कमी हुन नदिन तीन तहकै सरकारहरुबीच समन्वय गरी खोज, राहत तथा उद्धारका कार्य भइरहेका छन।’ 

दार्चुलाका बाढी प्रभावितलाई प्रदेश सरकारले राहत वितरण गर्ने

दार्चुलामा शुक्रबार राति आएको बाढी पहिरोमा परेर मृतु भएका तथा भौतिक संरचना गुमाएका पीडित परिवारलाई सुदूरपश्चिम सरकारले क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।

आइतबार प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रणबहादुर रावलको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन समितिको बैठकले बाढी पहिरोमा परेर मृत्यु भएका परिवारलाई एक लाख, तथा भौतिक संरचना पूर्णरुपमा क्षति भएका परिवारलाई २० हजार र आंशिक क्षति भएका परिवारलाई १० हजार उपलब्ध गराउने निर्णय गरेको हो। 
बैठकले विपद् व्यवस्थापन तथा राहत वितरण निर्देशिका-२०७६ अनुसार राहत उपलब्ध गराउने निर्णय गरेको हो। 

त्यसैगरी जिल्लाबाट माग भएअनुसार बाढी-पहिरो पीडितलाई तत्काल राहत सामाग्री दिने, विपद्का कारण सम्बन्ध विच्छेद भएका परिवारलाई रहत दिन संघीय सरकारसँग आवश्यक समन्वय गरी ढुवानीको व्यवस्था गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री रणबहादुर रावलले बताए। 
 

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  २२:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त भेटमा सुदृढ अमेरिका–नेपाल साझेदारीलाई थप अघि बढाउनेबारे छलफल भएको जनाइएको छ। मंगलबार, असोज २७, २०८३
हुलाकलाई जनताको महत्त्वपूर्ण अंगका रूपमा विकास गर्छौँ: सञ्चार मन्त्री तिमिल्सिना हुलाक सेवा विभागको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रममा उनले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारल... मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी सहमहामन्त्री खुल्लातर्फ दुई पदका लागि नौ जनाबीच प्रतिस्पर्धा भएको थियो । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त मंगलबार, असोज २७, २०८३
हुलाकलाई जनताको महत्त्वपूर्ण अंगका रूपमा विकास गर्छौँ: सञ्चार मन्त्री तिमिल्सिना मंगलबार, असोज २७, २०८३
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्